KALIKATIMES.COM

गोली फायरीङ्ग गरी एक क्विनटल गाँजासहित एक जना पक्राउ

वीरगंज । बारा प्रहरीले अबैध लागु औषध गाँजा तथा हतियारसहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुर बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा १०२ के.जि.अबैध लागु औषध गाँजा र हतियारसहित एक जनालाई पक्राउ गरेको हो ।

निजगढ नगरपालिका वडा नं. १३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागु औषध गाँजा ओसार पोसार खरिद बिक्री गरी रहेका तस्कर र प्रहरी बिच गोली पनि चलेको थियो ।

प्रहरी टोलीलाई देख्नसाथ अन्दाजी ८÷१० जनाको समूहमा रहेका तस्करहरुले प्रहरीलाई लक्षित गरी गोली फायर गरेकोले उनीहरुको प्रतिकार स्वरुप ठुलो चाईनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गर्नु परेको बारा प्रहरीले जनाएको छ ।

आलु औषध गाँजा तस्कर र प्रहरीबिच भएको गोली फायरीङ्गमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४७ को ईमान सिंह तामाङ पक्राउ परेका छन् ।

घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाई छिपाई राखेको १०२ के.जि. अवैध लागू औषध गाँजा र तामाङ्गको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

पक्राउ पेरका तामाङ्गलाई हातहतियार खरखजाना र लागू औषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बारामा नियमित चेकजाँचकाे क्रममा एकैदिन २४७ सवारी साधनलाई कारवाही

कालिका टाईम्स

मालवाहक ट्याक्टर र पिकअप पक्राउ

कालिका टाईम्स

सिर्सियामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ३ घाइते

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:194. Generation time:3.520 sec. Memory consumption:72.07 mb
Send this to a friend