KALIKATIMES.COM

गढीमाईबाट फर्किदै गरेको पिकप दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे, १४ घाइते

durghatana_kalikatimes

बारा । गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको पिकप दुर्घटना हुँदा महोत्तरीको बर्दिबासमा दुईजनाको ज्यान गएको छ । घाइते दुवैजनाको शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर छ।

धनुषाको धनुषाधाम नगरपालिका-३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले जनाए ।पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास-५ को जंगल क्षेत्रमा बुधबार बिहान पाँच बजेतिर दुर्घटना भएको हो ।

विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा ना ५ च १२२७ पिकप दुर्घटनामा भएको हो । ‘ट्रकलाई पिकले साइड दियो, तर ट्रकले हेडलाइट ड्रिम गरेन, ‘दुर्घटनका घाइते विनिता सिंहले भनिन्, ‘बत्तीको लाइटले पिकप चालकले बाटो देख्न सकेन, त्यसपछि गाडी सडक छेउमा गएर पल्टियो ।’

चारजना गम्भीर घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ । अन्य घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ। धनुषाधाम नगरपालिका ३ का पिकप चालक दुर्योधन महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.776 sec. Memory consumption:72.03 mb
Send this to a friend