KALIKATIMES.COM

खसीको मासु भनी बाख्राको मासु विक्री गर्ने पक्राउ

वीरगंज । प्रहरीले खसीकाे मासु हाे भनी बाख्राकाे मासु बिक्री गर्ने एक जनालाई वीरगंजबा पक्राउ गरेकाे छ । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मुर्लीका २८ बर्षिय राेज अन्सारीलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१३ मुर्ली बस्ने अब्दुल अन्सारीले सञ्चालन गरेको मासु पसलमा खसीकाे मासु भनि बाख्राकाे मासु बिक्री गर्ने अंसारीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी टाेलीले उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको फेला परेकोले अंसारीलाई सो मासुसहित नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

साथै उक्त पसल सञ्चालक अब्दुल अन्सारीको खोजतलास भइरहेको प्रवक्ता खनालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा १३ लाख बराबरको भन्सार छलिका सामान बरामद

कालिका टाईम्स

बिन्दबासिनीमा १६ जना नयाँ शिक्षकको पदस्थापन

कालिका टाईम्स

टि-१० क्रिकेट लिग : उदघाटन खेलमा वीरगंज महानगर विजयी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:192. Generation time:3.569 sec. Memory consumption:71.99 mb
Send this to a friend