KALIKATIMES.COM

कालिकामाईमा गठित जनसंघर्ष समितीले गापामा बुझायो ज्ञापन

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाकाे वडा नम्बर २ भेडिहारीमा गठित जनसंघर्ष समितीले बिहिबार गाउँपालिकाको कार्यालयमा संघर्ष समिती दर्ता गराउनुका साथै गाउँको समस्याको बारे प्रमुख प्रशासकिय अधिकृतलाई अवगत गराएको छ ।

संघर्ष समितीका संयोजक रामेश्वर चौरसियाको संयोजकत्वमा गएको दर्जनौ सदस्यहरुको टोलीले श्री सुकई साह माध्यमिक बिधालयलाई कक्षा १२ सम्मको सहम्मती दिने, बिधालयको प्रांगनमा खाल्डो भएकोले माटो पुर्ने, र विकासको बारेमा सहयोग गर्ने र भ्रष्टाचारीको बारेमा अवगत गराएको छ ।

 संघर्ष समितीको निवेदन बुझदै प्रमुख प्रशासकिय अधिकृत राजु साहले तपाईहरुको विकास प्रतिको लगनशिलताले मन खुशी भएको बताउनु भएको छ । आफुले नियम सम्मत रहेको सम्मपुर्ण कुरामा सहयोग गर्ने र बिधालयलाई १२ कक्षा सम्मको लागी गाउँपालिकाको कार्यालयले सहम्मती दिने प्रतिबद्धता गर्नु भएको छ ।

अधिकृत साहको साकारात्मक प्रतिबद्धताले समितीका संयोजक चौरसिया सहित सम्मपुर्ण टोलीले धन्यवाद दिएको सदस्य ताजिन्द्र साह कलवारले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बारामा नियमित चेकजाँचकाे क्रममा एकैदिन २४७ सवारी साधनलाई कारवाही

कालिका टाईम्स

मालवाहक ट्याक्टर र पिकअप पक्राउ

कालिका टाईम्स

सिर्सियामा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ३ घाइते

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:192. Generation time:3.515 sec. Memory consumption:72.02 mb
Send this to a friend