KALIKATIMES.COM

एचएसएसका संभाग प्रचारक सेन्चुरीकाे निधन, वीरगंजमा दिप प्रज्वलन

वीरगंज । हिन्दु स्वंयसेवक संघ नेपालका संभाग प्रचारक राधेश्याम सेन्चुरीकाे भएको असामयिक निधन प्रति हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषद नेपालले बुधबार सांझ वीरगंजमा दिप प्रज्वलीत गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।

वीरगंजकाे घण्टाघर चोकमा हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषदका कार्यकर्ताहरुले सेन्चुरीकाे तस्बीरमा माल्यार्पण तथा मैनबति बालेर दिप प्रज्वलीत गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन ।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा परिषदका राष्ट्रिय सचिव धनश्याम नायक, नगर अध्यक्ष पल्लवी हरलाल्का, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, जानकी प्रदेश छात्रा प्रमुख सुष्मा तिवारी, संघका जनकपुर सम्भाग रन्जित साह लगायतले सेन्चुरीकाे असमायिक निधन प्रति शोक अर्पण गर्दै उनले समाज र राष्ट्रको लागि पु¥याएको योगदान बारे चर्चा गरेका थिए ।

सेन्चुरी हिन्दु स्वयंसेवक संघ नेपालको विराटनगर संभाग प्रचारक रही नेपालगंज संभाग प्रचारकको योजनामा आफनो दायित्व निर्वाह गर्दै आएका थिए । उनले संगठन, समाज र राष्ट्रका लागि पु¥याएको योगदान कहिल्ये विर्सने नसकिने स्वयंसेवकहरु बताउँछन ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल प्रदेश १ र २ को संगठन सचिवकाे रुपमा समेत काम गरीसकेका सेन्चुरीको मंगलबार राती सुति रहेको बेला उनको निधन भएको थियो । चिकित्सकले हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि समेत गरीसकेको छ ।

उनकाे असामयिक दुःखद निधन भएको खवरले संघ परिवारलाई शोकसंतप्त स्तब्ध बनाएको संघले जनाएकाे छ । हिन्दु स्वयंसेवक तथा प्राज्ञिक विद्यार्थी परिषदका कार्यकर्ताहरुले उनको आत्मले स्वर्गमा बास पाओस र भगवान पशुपतिनाथ सँग कोटि–कोटी प्रार्थना गर्दै शोकसंतप्त परिवारजन एवं आत्मीय सम्पुर्ण चित–परिचितहरुलाई धैर्यधारण गर्न शक्ने शक्ति प्राप्त होस भन्दै भावपुर्ण समवेदना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना ३ लाख ७५ हजार धराैटी बुझाएर रिहा

कालिका टाईम्स

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

कालिका टाईम्स

पूर्वमन्त्री रिजालद्वारा जगरनाथपुरको धरमपुरमा स्वास्थ्य चौकी र नालाकाे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.674 sec. Memory consumption:71.98 mb
Send this to a friend