
वीरगंज, ८ बैशाख ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आज आफै बिरामी खोजी घरमै पुगेर कुष्टरोग निवारण अभियानको उदघाटन गर्नु भएको छ । सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुअवनको एक घरमा गई ३६ वटा टोलीका ७२ जनाको साथमा रहेका अध्यक्ष जसवालले उदघाटन गर्नु भएको हो ।
गाउँपालिका कुष्टरोग नै उन्मुलन गर्ने उदेश्य राखेका जयसवालले स्वास्थ्कर्मीहरु संगै म पनि घरघरमा पुगी यो रोगलाई गाउँपालिकाबाट नै अन्त गर्ने अठोट लिएको बताए । एक दर्जन घरमा पुगी जयसवालले यो रोगको लक्ष्ण अभियानका टोलीहरुलाई निर्भय रुपमा देखाउन आग्रह पनि गरे ।
एक जना महिला र एक जना पुरुष गरी ३६ वटा टोलीमा ७२ जनाको सहभागीता रहेको छ । वडा नम्बर १ देखी ६ वडाका सम्मपुर्ण घरमा गई टोलीले कुष्टरोगको लक्ष्ण पता लगाउने अभियान रहेको सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश प्रसाद रौनियारले बताउनु भयो ।