
बीरगंज । बीरगंज पब्लीक कलेजले मंगलबार एक कार्यक्रमकाे बिच आफ्नाे दुई पूर्व विद्यार्थीहरुलाई सम्मानित गरेकाे छ ।
भिस्वा हाेटलमा आयाेजित कार्यक्रममा कलेजमा पढेर हाल पाेखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत अमिति गिरि र कलेज पढेर हाल वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरिक्षकको रुपमा कार्यरत रहेका राजेशराज पुरीलाई सम्मान गरेकाे हाे ।
सम्मानित हुने मध्येका अधिकृत गिरी नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष समेत हुन् ।
दुबै जनालाई कार्यक्रममका प्रमुख अतिथि प्रभु हस्पीटलका प्रमुख डा. मनोज कुमार गुप्ताले दाेसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेेका थिए ।
कलेजका निर्देशक डा. दीपक शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वानका प्रदेश अध्यक्ष आरसी यादव, हरि रत्न तुलाधर, सम्मानित हुने अधिकृत गिरी र प्रहरी निरिक्षक पुरी लगायतले मन्तव्य राखेका थिए ।