
वीरगंज । युवालय नामक संस्थाले १ सय ३८ घर परिवारलाई करिब ३ लाख मुल्य बराबरको राहत सामाग्री वितरण गरेको छ । वीरगञ्ज महानगरपालिकाको समन्वय तथा इम्प्रुभिङग लाईभ्स इन नेपालको आर्थिक सहयोगमा युवालयले वीरगञ्ज महानगरपालिका वडा न.२७ उदयपुरघुर्मी र २९ बसडिलवाका १ सय ३८ परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
उदयपुरघुर्मिका ८८ जना र बसडिलवाका ५० परिवारलाई राहतस्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको युवालयका कार्यसमिति सदस्य जया साहले जानकारी दिनुभयो ।
प्रति परिवार १५ केजी चामल, १ केजी मसुर दाल, रहरको दाल १ केजी, चना १ केजी, १ लिटर तेल, १ केजी नुन, १ केजी मकै, नुहाउने र कपडा धुने साबुन १र१ पिस, शिशुहरुको लागी लिठो १ प्याकेटसहितको राहत प्याकेज वितरण गरिएको हो ।
त्यसैगरी वडा न. २९ बसडिलवामा वडा अध्यक्ष धर्मेन्द्र प्रसाद महतो, वडा सचिब शेर महमद मियाँ, वडा सदस्य भंगिमा देवी चमैन, स्थानीय गोपाल प्रसाद यादब लगायतको रोहबरमा राहत वितरण गरिएको हो ।
कोभिड कालमा विशेष गरी गर्भवति, सुत्केरी तथा बालबालिकाहरुलाई विभिन्न राहतका सामाग्री वितरण गर्दै आएका युवालय संस्थाले लकडाउन यता दैनिक ज्यालादारी गरी खानेहरुको दैनिय हुँदा पनि कसैको ध्यान नगएपछि ३ लाख मुल्य बराबरको राहत सामाग्री वितरण गरेको छ ।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता एवम् सामाजिक अभियानता ओमप्रकाश सर्राफले शहरी क्षेत्रभन्दा पनि ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर गरीरहेका क्रियाकलाप अत्यन्तै सह्रानिय भएको बताउनुभयो ।