वीरगंज । भगवती बचत तथा ऋण सहकारी संस्था लि. रामगढवा–८ पर्साको बाह्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कलिता देबीको अध्यक्षतामा भएको कार्यक्रमको बिरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले मैनबत्ती बाली उदघाटन गरेकी थिइन ।
सभामा संस्थाकी प्रबन्धक सम्झना चौधरीले आ.ब. २०७५/०७६ मा कुल सदस्य संख्या एक हजार एक सय ३४ बाट रु ७५ लाख ४ हजार एक सय १५ बचत संकलन भएको वताईन । जसमा रु ६२ लाख ४९ हजार ६ सय ३५ बचत फिर्ता भएको उनले जानकारी गराइन ।
उनका अनुसार संस्थाले रु २ करोड ६० लाख ५९ हजार ६ सय ५६ कर्जा लगानी र रु ७७ लाख २ हजार ६ सय ८९ कर्जा असुली गरेको छ । संस्थाले रु २ करोड ७५ लाख ६२ हजार ९ सय ९३ कारोवार गरी रु एक लाख ९० हजार ४ सय ३० मुनाफा गर्न समेत सफल भएको उनले प्रस्तुती मार्फत वताईन ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ पर्सा फिल्ड कार्यालयका संयोजक भरत दवाडी, जिल्ला सहकारी संघका अध्यक्ष जोखन दास थारु, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका अध्यक्ष राजेश पडित, नेपाल पत्रकार महासंघ पर्साका सचिव युराज खड्का लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य रामनिवास देहातीले गरेका थिए ।