
वीरगंज । वीरगंज पोखरिया सडकखण्ड विन्दवाशिनीमा ट्रयाक्टरको पांग्रा फुत्किदा एकको मृत्यु भएको छ । वीरगंजवाट पोखरिया तर्फ जादै गरेको ना ३ त ३६९३ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउदै गरेको ना १ ब २६२६ नम्बरको मोटरसाइकलाई दिदाँ दीपेन्द्र गुरुङ गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते गुरुङलाई उपचारका लागी वीरगंज स्थित एल एस न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा गएराति १ बजे गुरुङको निधन भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृत्यु हुने मकवानपुर हेटौंडानिवासी दीपेन्द्र गुरुङे सखुवाप्रसौनी गाउँपालिकाका ओभसियर हुन् ।
करार सेवामा गाउँपालिकामा कार्यरत गुरुङ कार्यालयको काम सकेर वीरगंज आउने क्रममा ट्रयाक्टरको पाङ्ग्रा फुत्किएर उनलाई ठक्कर दिएको थियो । ट्रयाक्टर चालक फरार रहेका छन् भने ट्याक्टरलाई इलाका प्रहरी कार्यालय पोखरियाले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए ।