Citizenship/Driving Licence Number
KALIKATIMES.COM
प्रदेश समाचार

थप एक पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए ।

ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ-जाउ गर्ने गरेको बताए ।

यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ति दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

विज्ञापन

सम्बन्धित समाचार

नेता तिवारीकाे रिहाईकाे माग गर्दै नेवि संघद्वारा वीरगंजमा प्रदर्शन

कालिका टाईम्स

काेराेना संक्रमणले वीरगंजमा थप २ जनाकाे मृत्यु

कालिका टाईम्स

मेयर यादव काठमाडाैंमा काेराेना पाेजिटिभ, स्वास्थ्य अवस्थामा सुधार

कालिका टाईम्स
Comments
SQL requests:144. Generation time:1.692 sec. Memory consumption:13.77 mb