
काठमाडौं । चीनमा घुस लिएको आरोपमा एक प्रतिष्ठित उद्योगपतिलाई मृत्युदण्ड दिने भएको छ । सन् २०१८ मा गिरफ्तार भएकालाई सिओमिनमाथि दश वर्षको अवधिमा २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप लागेको थियो ।
उनले घुस लिएको पुष्टि भएसँगै उनीमाथि मृत्युदण्डको फैसला गरिएको हो । भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मंगलबार तियानजिनको अदालतले सिओमिनलाई मृत्युदण्डको सजाय दिएको जनाइएकाे छ ।
अदालतले उनको अपराधले देशको हितमा ठूलो क्षति पुर्याएको बताएको छ । यद्यपी मानवअधिकार संस्थाहरुले मृत्युदण्डको फैसलाको विरोध गरेको छ । सिओमिनको अपराधका लागि मृत्युदण्ड निकै कठोर सजाय भएको उनीहरुको भनाइ छ । एजेन्सी
प्रतिक्रिया लेख्नुहोस