KALIKATIMES.COM

कृषिमा सरकारले दिएको सुविधा सदुपयोग गर्न सांसद यादवको आग्रह

वीरगन्ज । आफनो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले आज वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को इनर्वामा स्थानीयसंंग छलफल गर्नु भएको छ ।

छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोृलमा रहेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । स्थानीयको गुनासो सुनेपछि सांसद यादवले इनर्वामा कृषिको प्रचुर सम्भावना रहेको र कृषिकै लागि सरकारले पनि विभिन्न योजना ल्याएकाले त्यसको सदुपयोग गर्न स्थानीयसंग आग्रह गर्नुभयो ।

सहकारी संस्थाहरुको बदमाशी बढ्दै गएकाले कृषकहरुले बचत वा कर्जाका लागि कृषि विकास बैंकमा कारोबार गर्नु पर्नेमा यादवले जोड दिनुभयो ।

इनर्वामा रहेका सबै विद्युत पोलहरुमा आगामी १० दिन भित्रै बल्बहरु जडान गरिने प्रतिबद्धता पनि उहाले जनाउनुभयो । नेपाल भारतको सीमा रहेका कारण इनर्वाको विकास गर्नु अत्यन्त जरुरी रहेको भन्दै उहाले इनर्वाको विकास भए मात्रै वीरगन्जको विकास हुन सक्ने बताउनुभयो ।

उहाले इनर्वामा रहेको सामुदायीक विद्यालयमा भवन , गाँउमा प्रवेशद्धार र धर्मशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । इनर्वामा विद्यमाान समस्याहरु सामधानका लागि संघ , प्रदेश र स्थानीयि सरकारसंग समन्वय गर्न आफुले पहल गर्ने पनि उहाले बताउनुभयो ।

समाजवादी पार्टीका जिल्ला सदस्य लालदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका इकाइ अध्यक्ष अरुण यादव, स्थानीय नेताहरु सुरेश राम , मकबुल मिया ठकुराइ , रामनाथ राम , हरिशंकर यादव , सबाबुद्धिन अन्सारी , हृदेश पटेल , मुन्ना साह , अशोक पटेल लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अवैध काराेबारीमा त्रास, पम्पम बिल्डिङका अधिकांस कपडा पसलका सटरहरु बन्द

कालिका टाईम्स

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:193. Generation time:3.902 sec. Memory consumption:72.01 mb
Send this to a friend