KALIKATIMES.COM
बिचार/अन्तरबार्ता समाचार स्थानिय

आर्थिक समुन्नतीको लागि बेरोजगारलाई पालिका मै रोजगारी दिदैछौ : अध्यक्ष गुप्ता

मनोज कुमार गुप्ता पर्साको लागी नयाँ नाम भन्ने पक्कै पनि होईन । बुवा योगेन्द्र प्रसाद र आमा बिध्या देवी कनुईनको दाम्पत्य जीवनबाट २०४० माघ २७ गते जन्मेका मनोज गुप्ता अहिले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष हुन् । २०५५ सालमा वीरगंजस्थित त्रिजुद्ध मा.वि.बाट एस.एल.सी. उतिर्ण गरी प्रविणता तहसम्मको अध्ययन पुरा गरेका गुप्ता चार बहिनी मध्येको एक्लो जेठो छोरा हुन् । अध्यक्ष गुप्ताका हजुर बुवा प्रहलाद प्रसाद चिनीमिल कारखानको प्रविधिक कर्मचारी हुँदै रिटायर भएर तत्कालिन पंचायत व्यवस्थामा २०२६ सालदेखी २०४२ सालसम्म १८ वर्ष तत्कालिन गाविस सम्भौताको प्रधानपन्च भई समाजसेवा गरी राजनीति सन्यास लिए । त्यसपछि उनका बुवा योगानन्द प्रसाद पनि  कानुन अध्ययन गरी २०४९ सालसम्म सोही गाविसको प्रधानपंञ्च भई समाज सेवा गरे ।  त्यसपछि लामो समयपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा परिवेश गरी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा तत्कालिन माओवादीबाट जिल्लाकै एकल बहुमत प्राप्त गरी मनोज गुप्ता गाउँपालिकाका अध्यक्ष भए ।

यसरी कहिल्यै पराज्य नभएर हजुर वुवाको पालादेखी नै राजनीतिमा उनको घरपरिवारले पर्सामै इतिहास कायम गरेको छ । बुवा र हजुर बुवाको निर्देशनमा क्याम्पस पढ्ने बेलादेखी गाउँका व्यक्तिहरुको विभिन्न समस्यामा सहभागी हुँदै समाजसेवा गरेको लगनशिलतालाई देखेर आफूलाई पनि जनताले राजनीतिमा खिचेको अध्यक्ष गुप्ता बताउँछन् । विधार्थीकालबाटै समाजसेवा र टायल मार्वल, आलमुनिय जस्ता विभिन्न व्यापार गर्दै पूर्खाको शान र जनताको सेवा गर्ने उदेश्यले आफू राजनीति यात्रा तह गरेको गुप्ताको भनाई छ । उनै अध्यक्ष गुप्तासंग गाउँपालिकाको विकाससंग जोडिएको समस्मायिक विषय बारे कालिका टाईम्सका लागि बलिराम यादवले गरेकाे कुराकानीको सम्पादित अंश :

१. छिपहरमाई गाउँपालिकाको समग्र विकासको अवस्था कस्तो छ ?
सबै क्षेत्रको विकासमा लागेका छाैं । पालिकाको ५ वटै वडामा सडकको अवस्था एकदमै दैनिय थियो, त्यो सबै वडामा ३० फिटको हाईवेय बाटो बनाई सकेका छौ । स्वास्थ्य क्षेत्रमा बर्थिङ्ग सेन्टर थिएन, अहिले ३ वटा बर्थिङ्ग सेन्टर पनि संचालन गरिसकेका छौ । गाउँपालिकाभित्र ३ सय दलित घरपरिवार र ८ सय साना किसानललाई ग्यास तथा चुलो वितरण गरेका छौ । बाँकी रहेकाहरुलाई पनि ग्यास तथा चुलो दिने योजना छ । तसर्थः हरेक क्षेत्रमा तीव्र गतिमा विकास निर्माणको कार्य भइरहेको छ । 

२. तपाई जनप्रतिनिधी भएर आएको झण्डै साढे ३ वर्ष बित्न लाग्यो, उतिबेलादेखी हालसम्म मुख्यगरी के के काम गर्नु भएको छ ?
पर्सा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ भनेकै नवगावा थियो । पहिला सदरमुकाम वीरगंज आउनको लागि भारतीय बाटो भएर ४० कि.मि आउनु पथ्र्याे । हामीले भिस्वादेखी जयमङ्गलापुर हुँदै सम्भौता, मिर्जापुर र तुलसीबर्वासम्म जोड्ने ३० फिटको बाटो निर्माण ग¥यौ । त्यस्तै हरेक गाउँमा नाला तथा ढलान कार्य पनि गरेका छौ । छिपहरमाई गाउँपालिकाको करिब ६० देखी ७० प्रतिशतसम्म नाला तथा ढलान कार्य तिन वर्षमै पुरा गरेका छौ । हरेक गाउँमा व्यवस्थित ढलान र नाला निर्माणको कार्य गरिएको छ ।

यस्तै, प्रसुतीकाे बेला महिलाहरुलाई साह्रै गाह्रो हुने हुन्थ्यो, त्यसको लागी हामीले पालिकाको ३ ठाउँमा बर्थिङ्ग सेन्टर बनाएका छौ । महिलाहरुलाई प्रस्तुति गराउन ४० कि.मि भारतको बेतिया जानु पर्ने थियो वा सदरमुकाम वीरगंज आउँदा धेरै आर्थिक खर्च पनि हुने गथ्र्याे । त्यसको लागी हामीले एम्बुलेन्स पनि खरिद ग¥यो । तसर्थः तीनवटा बर्थिङ्ग सेन्टर स्थापना गरेका छौ । चौथोको लागी पनि बजेट छुट्याई सकेका छौ ।  

तसर्थः हाम्रो गाउँपालिकामा भौतिक पूर्वाधार विकाश निर्माणको कार्य भईसेको छ । यस वर्ष भित्र पाँचै वडामा बर्थिङ्ग सेन्टर पनि स्थापना भईहाल्छ ।

३. यहाँको पालिकामा सडकको अवस्था अझै पनि दैनिय छ, कति वर्षभित्र सुधारी सक्ने लक्ष्य राख्नुभएको छ ?
करिब २०/३० वर्षदेखी नभएको काम तीन वर्षमा हुने सम्भावना कमै हुन्छ । तैपनि ६०/७० प्रतिशत जति काम गरिसकेको छु । अहिले हामीसंग एउटा बजेट अझै पनि चलाउन बाँकी नै छ । त्यो अवधीभर ९० प्रतिशत बाटोघाटोको काम पुरा गरिसक्छौ । तद्यापी अहिले पनि बाटोघाटो टुटेको फुटेको अवस्था छैन् । हाम्रो गाउँपालिका अन्तर्गत भएको ओरिया खोलाको पानीले प्रत्येक वर्ष बाटोघाटोमा क्षति पु¥याने गर्दछ । त्यो भएर अलि पछाडी परेका छौ, नत्र भने अहिलेसम्म सबै वडामा सडकको पूर्ण रुपले सुधार भईसक्या हुन्थ्यो ।

४. पालिकामा भएको बेरोजगार युवा तथा महिलाहरुलाई रोजगार बनाउन के कस्तो योजना ल्याई कार्यन्वयन हुदैछ ?
अबको हाम्रो मुख्य उदेश्य नै हो बेरोजगारलाई रोजगार बनाउने । अहिले पालिकामा भएको बेरोजगारहरुको डाटा संकलन हुँदैछ । बेरोजगार, खाना नपाएका र बाहिर नगएकाहरुलाई पनि गाउँघरमै तालिम दिएर नेपाल सरकारको ५३० रुपैयाको स्केल अनुसार गाउँघरमै काम गराई खाने र पुग्ने गरी रोजगारी दिने तयारीमा छौ ।

समाजिक विकासतर्फको बजेटमा महिलाहरुलाई रोजगार बनाउन पहिला जुन तालिम दिन्थ्याे, त्यो तालिममा मात्रै सिमित हुन्थ्यो । अर्थात तालिम लिने, भत्ता लिने र मिठाईको डब्बा लिई घर जाने । तसर्थः यस कार्यक्रममा प्रतिफल नदेखाएपछि मैले त्यो कार्यक्रममा लगानी नै रोके । अहिले हामी गाउँपालिका स्वयम् सेवक योजना २० क्षेत्रमा छुट्याएको छौ । कक्षा ८ र १० सम्म पढेका महिलाहरु पनि घरमै बसेका छन् । त्यस्ता महिलाहरुलाई शिक्षा सम्बन्धी तालिम दिएर गाउँघरमा भएका अशिक्षित पुरुष तथा महिलाहरुलाई शिक्षा दिने योजना छ । यस्तै राजगिरी मिस्त्री, काठ मिस्त्री, ईलेक्ट्रिसियन, थरि थरिका माछा पालन गर्ने व्यवसाय, विभिन्न तरकारी उत्पादन गर्ने कृषकहरुलाई तालिम गराएर गाउँपालिका भित्रै रोजगार दिएर आर्थिक समुन्नती गराउने योजना बनिसकेको छ । गाँउ सभाबाट एक महिनाभित्रै पारित गर्छाै ।

५. ग्रामिण भेगमा पर्ने यहाँको पालिकामा अधिकांश मानिस कृषि पेशा मै आबद्ध छन्, कृषकको जिवनस्तर उकास्न के योजना छ ?
हम्रो गाउँपालिकामा सिचाई गर्ने धेरै नै कठिनाई थियो । एक त नदीको खोला र अर्काे भारतीय नहरले कही पनि सिचाई गर्ने पानीको सुविधा थिएन । पहिलाका जति स–साना पैनिहरु थिए त्यो सबै विस्थापित भईसकेको थियो । तर म जनप्रतिनिधी भएर आईसकेपछि प्रतिदिन २ देखी ३ लाख लिटरसम्मको सौर्य सिचाई प्रणाली जडान गरिसकेका छु । जसमा बैकल्पिक ऊर्जाबाट ६० प्रतिशत अनुदान, गाउँपालिकाबाट ३० प्रतिशत र १० प्रतिशत कृषकबाट अनुदान लिएको छु । तसर्थः अहिले हामी सिचाईलाई व्यवस्थित पारेका छौ । शर्सत अनुदान अन्तर्गत आउने कृषकको बजेटमा हामीले समय समयमा विभिन्न शिपमूलक तालिम दिने गरेका छौ । हामीले साना किसान भन्ने कार्ड पनि लागु गरेका छौ । गाउँपालिकाभित्र १ विग्हाभन्दा कम खेत भएका किसानहरु कति रहेका छन् भन्ने बारे जान्न १६१० वटा साना किसान कार्ड पनि बनाएका छौ र १६१० किसानलाई १०१ समूहमा बाँडफाँड गरि राखेका छौ । अब आउने दिनमा यी समूहमार्फत ट्रेक्टर, धान काट्ने र रोप्ने मेसिनहरु निःशुल्क उपलब्ध गराउने छौ । एक/दुई कठ्ठा मात्रै खेत भएका किसानलाई अर्गानिक मल पनि वितरण गरेका छौ । ताकी उले घरपरिवार खाने गरी आफ्नै बारीमा तरकारी बनाओस् ।

६. गाउँपालिका अन्तर्गतका केही गाउँ वर्षेनी डुबानमा पर्ने गर्दछ, त्यसको दिर्घकालिन उपाय बारे के गर्नु भएको छ ?
ओरिया खोलाको कारण केही गाउँ डुबानमा पर्ने गर्दछ । म जनप्रतिनिधी भएर आएपछि ओरिया खोलामा बोल्डिङ्ग तटबन्ध गर्ने योजना तयार पारेका थिए । हाम्रो पालिकाको वडा नं. १ देखी भरतीय सिमानासम्म ३२ करोडको प्रोजेक्ट थियो । ऊर्जा मन्त्री बर्षमान पुन भएको बेला सो योजनाको डिपिआर तयार गर्न केन्द्र सरकरले प्रदेश सरकारलाई पत्रचार ग¥यो कि यदि प्रदेश सरकारसंग बजेट छ भने डिपिआर बनाउने काम सुरु गरोस्, नभए मन्त्रालयसंग माग गरोस् । तर प्रदेशबाट विभेद गरियो । किन भने म तत्कालिन माओवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुँ । उतिबेला पटक पटक म प्रदेश सरकारको कार्यालयमा दौडे तर पनि त्यो काम हुन सकेन् । अब ३२ करोडको बजेट लाग्ने सो क्षेत्रमा काम गर्न त गाउँपालिकाको बजेटले पुग्दैनन् नि । त्यसकारण वर्षेनी जनधन लगायत खोती योग्य जमिनको क्षति व्यहोर्नु परिरहेको छ ।

७‍. यहाँ जनप्रतिनिधी भएर आईसकेपछि शिक्षा र स्वास्थ्यमा के कस्तो परिवर्तन भएको छ ?
विद्यायलयमा बच्चाहरुलाई बस्ने कक्षाकोठा, डेक्स, बेन्चको अभाव थियो, भूई ढलान, प्लस्तर थिएन् । यी सबै समस्या सामाधान गरे । पुरानै काठको कालोपाटीमा लेख्ने प्रवृतिलाई हटाए । विद्यालयमा विभिन्न कोठा तथा चर्पिहरु निर्माण गरे । शिक्षकको अभाव भएकोले गुणस्तरीय शिक्षाको लागी दक्ष जनशक्तिको रुपमा गाउँपालिकाबाट निजी स्रोतमा १५/१६ जना शिक्षक भर्ना गरे । प्रत्येक विद्यालयमा व्यवस्थापन समिति गठन गराए । १६ देखी २० वटा दरबन्दी पहिलाकै रहेछन् । त्यसमा कतिपयको नियुक्ती भईसकेको छ र कतिपय नियुक्ती प्रकृयामा छन् । तद्यापी अब पालिकामा भएको स्वयम् सेवकहरुले गाउँ टोलमा गई सानो–सानो बालबालिकाहरुलाई शिक्षा दिने, अशिक्षित आईमाई र युवा तथा बुढाबुढिहरुलाई पनि सही गर्ने र केही पढ्न सक्ने वातारण बनाएको छु ।

अहिले हाम्रो गाउँपालिकामा दुई वटा प्लस टु सञ्चालनमा छ र क्षेत्रभरीमा प्रथम मेरै गाउँपालिकामा प्राविधिक शिक्षा पनि सञ्चालन भईसकेको छ । कक्षा ८ सम्म मात्रै पढेर छोरीहरु घरमै बस्ने जुन बानी थियो । त्यो हटाउन र छोरीहरुको मनोबल बढाउन पर्सा जिल्लामा सबैभन्दा अगाडी अर्थात सुरुमा मैले नै साईकल वितरण गरेको थिए । जसले छोरीहरु पनि कक्षा ९, १० र प्लस टु पढ्ने तर्फ आकर्षित भएका छन् ।

यस्तै जिल्लामा मात्रै नभई प्रदेश र देश मै समेत कसैले लागु गर्न नसकेको ‘छोरी पालिका स्वर्ण योजना’ लागु गरेको थिए । त्यसमा २० हजार बिमा लागु गरे । त्यो भनेको २० वर्षमा हो । १६ वर्ष कटेपछि उच्च शिक्षामा लगानी गर्न रु २ लाखको बीमा सुरुवात गरेको छु । अहिले साढे तिन सयको हराहरीमा बीमा भईसकेको छ । यो वर्ष पनि २ सय देखी २ सय २० जनाको डाटा संकलन भईसकेको छ ।
त्यस्तै पालिकामा भएको विभिन्न स्वास्थ्य चौकी मर्मत सम्भार गर्दै विभिन्न औषधीको व्यवस्था गरिएको छ । अन्य पालिकामा औषधी सकेपनि हाम्रो पालिकामा सधै स्टोकमै राखेको हुन्छौ । पहिला स्वास्थ्य चौकी त्यति व्यवस्थित थिएन् ।

कर्मचारीहरु १०, १२ बजे आउने अनि एक/दुई घण्टा बसी जाने । तर मैले आएदेखी कर्मचारी समयमै आउने जाने वातावरण बनाउनुको साथै महिला र पुरुषको लागी छुट्टै कोठा बनाएको छु । कथिपय महिलाहरु प्रसुति, भर्गवतिको बेला कतिपय महिलाहरुको मृत्यु पनि हुन्थ्यो । त्यस कारण दुई वर्ष पहिला गाउँपालिकामै बर्थिङ्ग सेन्टर स्थापना गरी अनुभवी र दक्ष कर्मचारीको भर्ना गरे । गाउँपालिका स्तरमा उपचार हुन नसक्ने बिरामीलाई सदरमुकाम लग्न एम्बुलेन्स पनि राखिएको छ । जसमा रु १२ सयमा मात्रै सदरमुकाम लगी घर ल्याउने गर्छ ।

ज्वँरो, रुघा खोकी जस्ता सामान्य बिरामा पनि सदरमुकाम जाँदा रु १५ सयदेखी २ हजारसम्म एक दिनको खर्च हुन्थ्यो । त्यसको लागी एम.बि.बि.एस. डाक्टर नियुक्त गरेका छौ । आउदो वर्षसम्म पाँच वटै वडामा बर्थिङ्ग सेन्टर स्थापना गरेर हरेक वडामा एम.बि.बि.एस. डक्टरको पनि सुबिधा घरदैलोमा ल्याउछौ ।

८‍. कमिशन खाने र कार्यकर्ता पाल्ने जस्ता कामलाई मात्रै बढावा दिएको पनि आरोप लाग्ने गर्छ नी ?
हामी राजनीतिसंग जुटेको व्यक्ति हो । जति राम्रो काम गरे पनि विपक्षीले त आरोप लगाई नै रहन्छ । तर मेरो गाउँपालिकामा ३ वर्षको अवधिमा न बोर्डमा विवाद छ, न जनताबाट विवाद छ । रह्यो कुरा उपभोक्ताको । उपभोक्ता बनाउँदा अध्यक्ष बन्ने एक जना मात्रै हो तर बैठकमा १०/१५ जना भन्छन् मै अध्यक्ष हुन्छु । अध्यक्ष बन्ने हो एक जना अनि भन्ने धेरै भएपछि अलिकति चुनौती भएको छ । तर यहाँले भने जस्तै केही छैन् । सबै काम जनमुखी नै हुँदै आएको छ ।

९. आधुनिक शिक्षाको लागि शैक्षिक संस्थामा के कस्तो प्रविधि र पूर्वाधारको व्यवस्था गर्नु भएको छ ?
बालबालिकाहरुलाई कालोपाटी भन्दा पनि डिजिटल माध्यमबाट शिक्षा दिने योजना थियो तर कोरोना भाइरसको कारण योजना रोकिएको छ । अहिले भर्खरै विद्यालयहरु संचालन भएको छ । त्यसमा पनि चुनौती नै छ । आउने दिनमा आधुनिक प्रविधिबाट शिक्षा संचालन गर्ने नै छौ ।

१०. यहाँको पालिकामा भएको स्थानीय स्रोत साधनलाई पहिचान गरी परिचालन गर्दा के कस्तो आय आर्जन गर्ने सम्भावना देख्नु भएको छ वा भएको छ ?
हम्रो पालिकामा जंगलहरु पनि छैन । खोलाहरु छन् तर मरेका छन् । जसले पानी र जोखिम मात्रै दिने गर्छ । आम्दनी हुने स्रोत एउटा पोखरी मात्रै छ । जसले सालको ८०/८५ लाख मात्रै आम्दनी हुन्छ । त्यो आम्दनीबाट निजी तर्फका शिक्षक नियुक्ति गर्ने गरेका छौ । त्यसपछि गाउँघरका स–साना ३/४ लाखको योजनाहरुको काम गर्ने गर्छाै । तसर्थः आम्दनी आउने पोखरी एउटा मात्रै स्रोत छ ।

११. अबको आउदो कार्यकालसम्म गाउँपालिकाले के के पाईसक्ने विकास निर्माणका कार्य यहाँले गरिसक्नुहुन्छ ?
सुरुमा मैले ३/४ वटा क्षेत्रमा काम गरेको थियो । घरबाट निस्कन सही बाटो, छोराछोरीलाई हरेक वडा प्राविधिक शिक्षा र उच्च शिक्षाको व्यवस्था गरिसकेको छु । बिरामीहरुको लागी वडामा स्वास्थ चौकी, बर्थिङ्ग सेन्टर र त्यस बाहेक जिल्लासम्म पु¥याउने एम्बुलेन्सको पनि व्यवस्था गरिसकेको छु ।

अबको मुख्य एजेण्डा नै बेरोजगारलाई रोजगारी दिने हो । अहिले पनि गाउँघरमा बुढा आमा बुवाहरु छोराछोरी सानै छन् । घर बाहिर गएर कमाउने स्थिति छैन् । न कमाई खान्न पनि पुग्ने अवस्था छैन् । प्लस टु पढेर पनि छोरी र महिलाहरु घरभित्रै बसी खाना बनाई खुम्चिएका छन् । त्यस्तालाई गाउँ घरमै रोजगारी दिने अबको मुख्य लक्ष्य हो । एउटा बाटोलाई मर्मत सम्भारको लागी मात्रै २/३ लाख रुपैया खर्च भईरहेको छ । जबकी त्यो काम एउटा लेबरले १० दिनमा सकाउन सक्छ । तर प्राविधिक नियममा जादाँ ठुलै खर्च लाग्छ । त्यसकारण यस्ता कामको साथै अन्य धेरै क्षेत्रमा गाउँघरमा बेरोजगार भएर बसेकाहरुलाई काम दिएर रोजगारी दिन्छौ ।

गाउँपालिकामा दुई महिना भित्रमा ३ सय देखी ४ सयसम्म रोजगारी दिन सक्षम छौ । जसमा ६० प्रतिशत २० वर्षदेखी ४० वर्षका युवा, ३० प्रतिशत ४० देखी ५५ वर्षका पुरुषलाई र १० प्रतिशत महिलालाई रोजगारी दिन्छौ । हुन त महिलालाई ३३ प्रतिशत दिनु पर्ने हो तर १० प्रतिशत कै हिसाबले महिलाहरुले निवेदन दिएका छन् ।

तसर्थः एउटा मानिसलाई घरबाट निस्कन बाटो, स्वास्थ्यकाे ग्यारेन्टी, शिक्षासंग पहुँच र परिवारलाई आफ्नै गाउँठाउँ रोजगारी भयो भने सबैले हाँसो खुसी जीवन विताउन सक्छन् । यही योजनाले गाउँपालिकालाई समृद्ध बनाउन लागेका छौ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

संसद बिघटनको बिरोधमा जसपाद्वारा पोखरियामा बिरोध प्रदर्शन

कालिका टाईम्स

कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृत साहले विभागकाे निर्देशन पनि टेरेन

कालिका टाईम्स

स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कारबाट पत्रकार खतिवडा पुरस्कृत

कालिका टाईम्स
Comments
Share via
SQL requests:145. Generation time:1.416 sec. Memory consumption:16.39 mb
Send this to a friend