वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना बुधबार सांझदेखि सुरु भएकाे छ । मतदान सम्पन्न भएकाे २४ घण्टापछि स्ववियु निर्वाचनको मतगणना सुरु भएको हो ।
सुरुमा बाहिरको प्रतिनिधि पठाएको भन्दै निर्वाचन समितिले मंगलबार राती १० बजेदेखि नै हुने भनिएको गणना एक्कासी बुधबार विहान १० सम्मका लागि रोकिएको थियो । तर बुधबार विहानदेखि पनि विद्यार्थी संगठनका प्रतिनिधि र निर्वाचन समितिका पदाधिकारीहरुबिच विभिन्न मुद्दामा सहमति नजुट्दा गणनाको कार्य धकेलिँदै गएको थियो ।
पत्रकारलाइ नजिकै राखेर गणनालाई गर्ने निर्वाचन समिति सहमति जनाएपछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सुरु भएको हो ।
चारवटा मतगणना केन्द्रमा सुरु भएकाे मतगणनाकाे राति ९:३० बजे सार्वजनिक नतिजा अनुसार २५२ सय मतपत्र गणना गरिएको थियाे । दुइ सय ५२ मत गन्दा सभापतिमा राजकुमार यादवले ६३ मत प्राप्त गरेर अग्र स्थानमा छन् । उनी नेविसंघको बागी उम्मेदवार हुन् ।
त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन । उनी नवि संघका आधिकारिक उम्मेदवार हुन् । निर्वाचन समितिका अनुसार मण्डलले ४४ मत पाएका छन । त्यसैगरी अर्का तेस्रो स्थानमा कमलेश यादवले ३६ मत प्राप्त गरेका छन भने हरिकिशोर यादवले २९ मत पाएका छन । जारी परिणाम अनुसार ३ वटा मत भने बदर भएको छ ।
ठाकुरराम क्याम्पसमा मंगलबार भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार ३ सय ६ मत खसेको थियो । ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट संगठन तथा स्वतन्त्र समूहबाट गरी १४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरी कूल २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया लेख्नुहोस