29.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

वीरगंज वितरण केन्द्रले विद्युत महशुल्ककाे वक्याैता नबुझाउने ग्राहककाे लाइन काट्दै

यो बर्ष मात्र दुई हजार २०४ जनाको लाईन काटियो, दुई अरब २३ करोड बाकी

वीरगंज । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र वीरगंजले विधुत महशुल्ककाे वक्याैता नबुझाउने ग्राहककाे लाइन काटने अभियान तिब्र रुपले संचालन गरेकाे छ ।

रु १० हजार भन्दा बढी बाकी रहेका दुई फेजका ग्राहकहरुकाे लाइन काटन अभियान संचालन गरिएकाे वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले जानकारी दिए । उनले नेपाल विद्युत प्राधिकरणकाे निर्देशन अनुसार बाकी बक्याैता असुल गर्न वीरगंजमा लाइन काटने अभियान संचालन गरिएकाे वताए ।

प्रमुख दुवेका अनुसार २०८१ साउनदेखि फागुन महिना सम्म वीरगंज वितरण केन्द्र मातहतका २ हजार २०४ जना ग्राहककाे लाइन काटिएकाे छ । उनले उपलब्ध गराएका तथ्यांक अनुसार साउनमा ९ जना, भदाैमा २१६ जना, असाेजमा १०४ जना, कार्तिकमा ३ जना, मंसिरमा १३० जना, पुसमा ५६२ जना, माघमा ६६३ जना र फागुनमा ५१७ जनाकाे लाइन काटिएकाे हाे ।

लाइन काटिएका ग्राहबाट एक अरब ३६ कराेड ५५ लाख ५० हजार ९ सय ८७ रुपैया विद्युत महशुल्क अशुल गर्नु पर्ने बाकी रहेका थियाे । यसैगरी गत बर्षमा पनि ३ हजार ६१६ जनाकाे लाइन काटिएकाे प्रमुख दुवेले जानकारी दिए । लाइन काटिएका ग्राहकहरु कहाँ २ अरब २३ कराेड ७ लाख ९४ हजार ९७१ रुपैया विद्युत महशुल्क वाकी रहेकाे थियाे ।

लाइन काट्ने ग्राहकहरुमा सब भन्दा बढी दुई फेजका सर्वसाधरण ग्राहक रहेका छन् । प्राधिकरणकाे लाइन काटने नितिले आम सर्वसाधरण नै मारमा परेका छन् । मंगलबार पनि वीरगंज ११ श्रीपुर नयाँ बस्तीमा सर्वसाधरणकाे लाइन काटिएकाे छ । विना सूचना  र विना कुनै जानकारी अकास्मात लाइन काटिएका कारण आफुहरु मारमा परेकाे लाइन काटिएका ग्राहकहरु वताएका छन् ।

लाइन काटने ग्राहकहरुकाे पुन: लाइन जडान गराउन ८ सय ४७ रुपैया जम्मा गर्नु परिरहेकाे छ । लाइन काटिएकाे दिन नै सम्पूर्ण वाकी वक्याैत जम्मा गरे पनि थप जरिवानाले आफुहरु मारमा परेकाे ग्राहकहरुकाे गुनासाे छ । करोडौं रुपैया ठुला ठुला उद्योगि ब्यापारीहरु बाकी रहेपनी उनीहरुको लाईन नकाटनु र केही हजार मात्र बाकि रहेका सर्वसाधारण आम जनताको लाईन काट्नुले आफुहरुमाथि अन्याय भएको सर्वसाधारण ग्राहकको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:22.249 sec. Memory consumption:82.42 mb