33.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

पर्सामा ओली र प्रचण्डको तस्वीर जलाइयो

वीरगंज । पर्साको प्रसैनी गाउँपालिका वडा नं. २ श्रीपुर पचगांवामा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाएका छन्।

राप्रपा पर्साका जिल्ला उपाध्यक्ष अवध किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य नगिना यादव लगायत नेताहरूले तस्वीर जलाएका हुन् । नेताहरूले वर्तमान सरकार र पूर्व सरकारका नेतृत्वकर्ताप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्नुकाे साथै प्रधानमन्त्री सहितका शिर्ष नेताकाे तस्बिर जलाएका हुन् ।

उक्त कार्यक्रममा राप्रपा नेता अवध किशोर साह, चन्दिका सहनी, सुधिर चौधरी, संजय महतो लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:5.104 sec. Memory consumption:82.71 mb