20 March 2025
KALIKATIMES.COM

ठाकुर राम स्ववियु निर्वाचन : सुधान्सु र मेघराजको प्यानल सहित स्वतन्त्र उम्मेदवारी

बीरगंज । परिवर्तन सम्भव छ हाम्रै पालामा । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ ठाकुर राम बहुमुखी (ठा.रा.ब)  क्याम्पस, बीरगंजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुधान्सु चौरसियाले सभापतिमा र मेघराज यादवले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउँदै उनीहरुले  क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा राखेका छन् ।

यसैगरी  कोषाध्यक्ष ओमकुमार दास, र सदस्यहरुमा अनिल प्रसाद यादव, सुजित महत्तो केवट, धिरज पटेल, नरेन्द्र प्रसाद साह तेली, राकेश साह कानु र मिथलेश कुमार साहको उम्मेदवारी दर्ता भएको सभापतिका उम्मेदवार चौरसियाले बताए । यसैगरी समानुपातिक सदस्यतर्फ अरविन्द गुप्ता, कृष्णमोहन यादव, बल्ली चौरिया, सरोज महरा, मन्जेश यादव, किरण कुमारी, अमन दिप महरा, कारण चौरसिया, अर्चना गुप्ता र अंशु गुप्ताको मनोनयन दर्ता भएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा चौरसिया र यादव समुहको स्वतन्त्र उम्मेदवारीले चुनावी माहोल तातेको छ । राजनीतिलाई शिक्षाबाट अलग राख्ने उनीहरुको प्रतिबद्धताले विद्यार्थीहरूबाट सकारात्मक समर्थन प्राप्त गरिरहेका  छन, जसले परम्परागत दल र तिनका भात्रृ संगठनहरू  दबाबमा परेको देखिन्छ ।

बिधार्थीको हकहितको लागि सधै आवाज उठाउने यी समुहका उम्मेदवारहरु दैनिक क्याम्पस आउने र वास्तविक समस्या संग एकदम परिचित रहेका र चुनाव जिते पछी त्यसको कार्यान्वयन गरिने तथा  दलीय राजनीतिको अन्त्य गरी योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने, छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाईने, छात्र र  छात्रा वासलाई सुबिधा सम्पन बनाउने, विपन्न विद्यार्थी अक्षय कोष स्थापना गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्र खोल्ने, डिजिटल पुस्तकालय र निःशुल्क वा सुलभ इन्टरनेट सेवा उपलब्ध गराउने  तथा गुणस्तरीय पढाईको लागि बढी ध्यान दिने जस्ता एजेन्डा अघि सारेका छन् ।

सूचना प्रविधिको क्षेत्रमा विभिन्न आईटी कम्पनीहरूसँग सहकार्य गर्दै तालिम, कार्यशाला, नेटवर्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने  योजना छ । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ । चौरसिया र यादवले पारदर्शी, अनुशासित र जिम्मेवार स्ववियुको आवश्यकता रहेको भन्दै सम्पूर्ण विद्यार्थीलाई आफ्ना  सबै  उम्मेदवारलाई समर्थन र मतदान  गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:4.864 sec. Memory consumption:82.4 mb