20 March 2025
KALIKATIMES.COM

प्रसाैनीमा भएकाे नेपाल इन्डाे टि२० प्रतियाेगिताकाे उपाधि बाराले जित्याे

वीरगंज । बाराकाे प्रसाैनी गाउँपालिका स्थित चटीया बाबा फिल्डमा जारी नेपाल इन्डाे टि२० नकआउट क्रिकेट प्रतियाेगिताकाे उपाधिकाे बारा क्रिकेट क्लबले जितेकाे छ । 

११ स्टार क्रिकेट क्लब प्रसाैनी गाउँपालिकाकाे जारी प्रतियाेगिताकाे मंगलबार भएकाे फाइनल खेलमा सर्लाही क्रिकेट क्लबलाई ११ रनले हराउँदै बारा क्रिकेट क्लब बिजयी भएकाे हाे । टस जितेर ब्याटिङ गरेकाे बाराले पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानीमा १४६ रन बनाएकाे थियाे ।

त्यसपछि १४७ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे सर्लाहीले १९ ओभर मै पुरै विकेट गुमाउँदै १३५ रन मै समेटिएपछि बारा उपाधि जित्न सफल भएकाे हाे । फाइनल खेलकाे म्यान अफ दि म्याच ६६ रन बनाएका बाराका अरनिकाे यादव भए ।

प्रतियाेगिताका विजेता टिम बारालाई पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले टफी र पुरस्कार प्रदान गरे । त्यसैगरी उप विजेता टिम सर्लाहीलाई प्रसाैनी गाउँपालिकाका अध्यक्ष विनाेद जयसवाल र उपाध्यक्ष किरण साहले टफी र पुरस्कार प्रदान गरे ।

प्रतियाेगिताकाे समापन समाराेहलाई सम्बाेधन गर्दै सांसद श्रेष्ठले मधेशको विकास नभएसम्म देशकाे विकास नहुने वताए । उले भने “म ठाेकुवा गरेर भन्छु “जब सम्म मधेशकाे विकास हुँदैन जब सम्म देशको विकास हुँदैन ।”

उनले प्रतियाेगिता भएकाे खेल मैदानकाे निर्माणकाे केन्द्र सरकार संग पहल गर्ने प्रतिबद्धता जनाउँदै प्रसाैनीकाे खेल मैदानमा रंगशाला निर्माण भए मधेश प्रदेशको मात्र नभई देश कै राम्रो हुने वताए । उनले भने “नदी छेउमा रहेकाे यस्ताे फिल्ड रंगशाला निर्माण भए धेरै राम्राे हुन्छ ।” 

सांसद श्रेष्ठले कार्यक्रम मै सहभागि रहेका गाउँपालिका अध्यक्षलाई रंगशाला निर्माणकाे लागि डिपिआर तयार गर्न आग्रह गर्दै बजेटको लागि आफू केन्द्र सरकारसंग पहल गर्ने प्रतिबद्धता समेत जनाए । साथै उनले विकास निर्माणको काममा राजनीति नगर्न पनि आग्रह गर्दै सबैले सहकार्य गर्नु पर्ने धारणा राखे ।

आयाेजक ११ स्टार क्रिकेट क्लबका अध्यक्ष अतेन्द्र राउतकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सह महामन्त्री जयनारायण यादव, राष्ट्रिय वाणिज्य बैंक वीरगंजका प्रबन्धक नरसिंह नारायण यादव, त्रिदेव एग्राे काेल्ड स्टाेरका प्रमुख शिव साह, नेपाली कांग्रेस प्रसाैनी गाउँपालिकाका सभापति हरि राउत कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स

पर्साबाट एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुँदै

कालिका टाईम्स
SQL requests:218. Generation time:8.795 sec. Memory consumption:82.44 mb