20 March 2025
KALIKATIMES.COM

पिएमसि एकेडेमीकाे पहिलाे वार्षिकाेत्सव तथा बिदाई कार्यक्रम भव्य रुपमा सम्पन्न

वीरगंज । पर्सा म्यानेजमेन्ट सेन्टरल (पिएमसि) एकेडेमी वीरगंजकाे पहिलाे वार्षिकाेत्सव तथा कक्षा १२ काे बिदाई कार्यक्रम मंगलबार भव्य रुपमा सम्पन्न भएकाे छ ।

विद्यालयका निर्देशक एवं प्रिन्सपल प्रकाश यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले सानाे समयमा विद्यालयले राम्राे गरेकाे भन्दै प्रशंसा व्यक्त गरे । उनले शिक्षालाई व्यवसायककाे रुपमा नभई सेवाकाे रुपमा लिनु पर्ने सुझाव समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले शिक्षालाई व्यवहारमा लागु गर्नु पर्ने जाेड दिदै व्यवहारमा लागु गरिएन भने शिक्षाकाे कुनै महत्व नहुने वताए । उनले विद्यार्थी अनुशासित हुनु पर्ने वताउँदै शिक्षकलाई आदर गर्नु पर्ने वताए ।

वीरगंजकाे पानिटंकी स्थित ओम पार्टी प्यालेसमा भएकाे कार्यक्रममा एन प्याब्सन वीरगंज महानगरका अध्यक्ष जियालाल कुशवाहा, सचिव शेख अजहर, माइस्थान माविका प्रधानाध्यापक मुनिलाल कर्ण, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, जिराभवानी गाउँपालिकाका रामप्रबेश यादव, शुशिल ठाकुर, मिनु चाैधरी, दलिप प्रजापती, मनिषा यादव लगायत विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बर्ष भरिमा विद्यालयमा भएकाे विभिन्न प्रतियाेगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएकाे थियाे भने विद्यार्थीहरु गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे संचालन शिक्षक निखिल पासवान र संताेष चाैहानले गरेका थिए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:9.585 sec. Memory consumption:82.4 mb