20 March 2025
KALIKATIMES.COM

रोटरी क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । रोटरी क्लब अफ वीरगन्ज र रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिरगंजको पुरानो बसपार्क, आदर्शनगरमा सम्पन्न उक्त कार्यक्रममा ५५ जना रक्तदाताले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा ६ जना महिला र ४९ जना पुरुष रहेका छन्। महिला रक्तदातामध्ये दिपा दास, राधिका कुमारी, सोवेता गुप्ता, कविता खेतान लगायतको सहभागिता उल्लेखनीय रहेको थियो । यस्तै, पुरुष रक्तदातामध्ये सौरभ बर्नवाल, नकुल गुप्ता, रोहित गुप्ता, अङ्कित चौरसिया लगायतले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रक्तदानको महत्त्वबारे जागरूकता फैलाउनुका साथै आपतकालीन अवस्थामा आवश्यक पर्ने रक्तको अभाव पूर्ति गर्नु रहेको आयोजकहरूले बताए। रक्तदानजस्तो सामाजिक कार्यले आफु मात्र नभई अरू थुप्रैको जीवन बचाउन सकिने हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा उपस्थित रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक संस्थाहरूले रक्तदाताहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाजसेवामूलक कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:219. Generation time:5.592 sec. Memory consumption:82.7 mb