वीरगंज । नेपाल पासवान संघ पर्साको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । संघको जिल्ला अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा सखुवा परसवनीमा सम्पन्न भेलाले जिल्लाको चार वटै क्षेत्रको संयोजक चयन गरेको छ ।
क्षेत्र न. १ को संयोजकमा धनन्जय पासवान , क्षेत्र न. २ मा मुखिलाल पासवान , क्षेत्र न.३ मा छन्नु पासवान र क्षेत्र न. ४ मा नरेन्द्र पासवान चयन भएको जिल्ला सचीव रबि भुसन पासवानले बताउनु भयो ।
त्यस्तै भेलाले नागिन्द्र पासवानको अध्यक्षतामा १५ सदस्यीय सखुवा परसौनी गाउँपालिका कमिटी समेत गठन गरेको छ ।
उक्त कमिटीको उपाध्यक्षमा बिरकिशोर पासवान , सचीवमा श्रीराम पासवान , सह- सचीवमा सानो पासवान र सदस्यमा क्रमस अकलु पासवान , सोति पासवान , सोनालाल पासवान , शन्ती देबि लगाएत रहनु भएको छ ।
सम्पन्न भेलाको प्रमुख अतिथी बहुजन एकता पार्टीको बरिस्ठ नेता राजाराम पासवानले जातीय एकता संग संगै समग्र दलितको एकता गर्दै शसक बर्ग विरुद्ध लडन तैयार हुन्न अहवान गर्न भयो ।
भेला अधिबक्ता प्रेम शंकार हजारी , पत्रकार बृजलाल पासवान , पसवान संघ पर्साका उपाध्यक्ष शम्भु पासवान , सह- सचिव मुखी हजरा , बृकेश पासवान , रामदयाल पासवान , अमरदेव पासवान , छन्नु पासवन , बिरेन्द्र पासवान लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।