20 March 2025
KALIKATIMES.COM

सिमेन्टकाे चर्काे मूल्य वृद्धि विरुद्ध वीरगंजमा सिमेन्ट कै बाेरा लगाएर प्रदर्शन

देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाए : रहबर अन्सारी

वीरगंज । सिमेन्ट उद्योगको कार्टेलविरुद्ध बिहिबार वीरगंजमा प्रदर्शन भएकाे छ । सर्वोच्च अदालतमा सिमेन्ट उद्योगको कार्टेलविरुद्ध रिट दायर समेत गरेका नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेश सभा सदस्य रहबर अन्सारीकाे नेतृत्वमा सिमेन्टको चर्को मूल्यको विरुद्धमा पृथक शैलीमा प्रदर्शन भएकाे हाे । 

वीरगंजकाे घण्टाघरबाट सुरु भएको प्रदर्शन माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । काेण सभालाई सम्बाेधन गर्दै मधेस प्रदेशका पूर्व राज्यमन्त्री समेत रहेका रहबरले सिमेन्टको मूल्यमा भएको कार्टेलको विरुद्धमा ध्यानाकर्षण गराउन सडकमा उत्रिनुपरेको बताए । 

उनले भने, ‘सिमेन्टको मूल्य आकासिएको छ, हामी नेपाली जनतालाई लुट्ने र ठग्ने काम भइरहेको छ । भारतमा प्रतिबोरा २ सय ८० रुपैयाँमा निर्यात नेपाली सिमेन्ट नेपालीले भने ८ सय रुपैयाँ तिर्नुपरी रहेको छ । यसले आम नागरिकको घर बनाउने सपनालाई हाइज्याक गरेको छ ।’ 

सिमेन्टको मूल्यकै कारण  ४ कोठे घर बनाउनका लागि १० लाख रुपैयाँ अतिरिक्त तिर्नुपर्ने अवस्था आएको उनले दाबी गरे । सिमेन्टको मूल्यमा भइरहेको सिन्डिकेटले गर्दा यहाँका निर्माण व्यवसायीदेखि मजदुरसम्मको काम प्रभावित भएको अन्सारीको भनाई छ ।

उनले थपे, ‘यो देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाएर राखेका छन् । उनीहरूले हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन् ।’ अब माफियाहरूलाई तह लगाउने समय आएको हुँदा एक भएर हातेमालो गर्न उनले अपिल गरे । बिहीबारको प्रदर्शन कुनै आन्दोलन नभएर आन्दोलनको बिगुल फुकेको उनले बताए ।

रहबर सहित प्रदर्शनमा सहभागिहरुले ‘सिमेन्ट माफिया खबरदार, यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’ सिमेन्टको बोरा शरीरमा पहिरिएका थिए । प्रदर्शनमा सहभागिहरुले ‘मूल्य बढेको बढै–हामी हेरेको हेर्‍यै, माफिया पालक मुर्दावाद, भोका जनता सडकमा, सरकार तडकभडकमा ।’ लगायतका चर्काे नारा समेत लगाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:3.702 sec. Memory consumption:82.4 mb