20 March 2025
KALIKATIMES.COM

माओवादी केन्द्रकाे मधेश प्रदेश सदस्यमा पर्साका चार विद्यार्थी नेता सिफारिस

वीरगंज । नेकपा (माओवादी केन्द्र)काे मधेश प्रदेश कमिटीमा पर्साका ४ जना विद्यार्थी नेता सिफारिस भएका छन् । माओवादी केन्द्रकाे केन्द्रिय कार्यालयले पर्साका प्रभाकर गुप्ताससहित चार जनालाई प्रदेश सदस्यकाे लागि सिफारिस गरेकाे हाे ।

कार्यालयले अनेरास्ववियूका (क्रान्तिकारी) का उप महासचिव प्रभाकर गुप्तालाई प्रदेश समितिकाे सचिवालय सदस्यमा सिफारिस गरेकाे छ । त्यसैगरी प्रदेश सदस्यमा संगठनका सचिव इशक कुमार पासवान, महमद जुवेर आलम र शिवम कुमारलाई पनि सिफारिस भएका छन् ।   

माओवादी केन्द्रले विद्यार्थी संगठनमा ३२ वर्ष उमेर हदका कारण संगठनबाट विधानतः बिदा भएका युवा विद्यार्थीहरूको व्यवस्थापनको गर्दै प्रदेश सदस्यमा सिफारिस गरेकाे हाे ।

केन्द्रीय कार्यालयद्वारा गत माघ ४ गते उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा हिमाल शर्मा र पन्चा सिंह सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरेकाे थियो । उक्त कार्यदलले देश भरिका विद्यार्थी संगठनबाट पार्टीकाे विभिन्न प्रदेश कमिटीमा १५१ जनालाई सिफारिस गरेकाे छ ।

जसमा मधेश प्रदेश समितिमा परेका १८ जनामा पर्साका ४ जना पर्न सफल भएका छन् । प्रदेशसँग सम्बन्धित सिफारिसहरुलाई सम्बन्धित प्रदेश पार्टी कार्यालयहरुमा सिफारिस कै रूपमा परिपत्र गरिदिनका लागि अध्यक्ष क. प्रचण्डबाट निर्देशन भए बमोजिम सिफारिसकाे परिपत्र गरिएको महासचिव देव गुरुङले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:6.689 sec. Memory consumption:82.4 mb