वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत संचालित नि:शुल्क आँखा शिविर बुधबार पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -२ मा सम्पन्न भएकाे छ । बुधबार सम्पन्न १४ औं शिविरमा १७० जनाले चेकजाँच गराएका छन् ।
सो मध्ये ६८ जनामा मोतियाबिन्दु भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए । मोतियाबिन्दु भएकाहरुकाे निशुल्क शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा गरिने अध्यक्ष सरार्फले बताए ।
उनका अनुसार जनमत पार्टीद्वारा संचालित शिविरबाट अहिले सम्म १७ सय भन्दा बढी लाभान्वित भएका छन भने ४२० भन्दा बढीको मोतिया बिन्दुको निशुल्क शल्यक्रिया समेत गरिएकाे छ ।
जनमत पार्टी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -२ वडा इकाई समितिका अध्यक्ष जयभोलेको अध्यक्षतामा सम्पन्न शिविरमा पालिका अध्यक्ष देवेन्द्र रवानी, नेताहरू अमरनाथ सिंह राठौर, रुकसाना खातुन लगायतको सहभागीता रहेको थियो ।
यो अभियान पर्साको गाउँदेखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए ।