वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५, मधुवाहामा शिव मन्दिरको शिलान्यास भएको छ । एक कार्यक्रमको बिच बुधबार पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश रिजालले मन्दिरको शिलान्यास गरेका हुन् ।
जगरनाथपुर गाउँपालिकाले निर्माण गर्न लागेको मन्दिर शिलान्यास गर्दै पुर्व मन्त्री रिजालले मठ, मन्दिर धार्मिक आस्थाको धरोहर भएको वताए । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका पुर्व मन्त्री रिजालले मन्दिरले धार्मिक तथा सामाजिक एकता कायम गर्ने गरेको पनि वताए ।
जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता भएको मन्दिर शिलान्यास कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष शुभाष यादव, नेपाली काङ्ग्रेसका स्थानिय नेता सुरेन्द्र सिंह क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।