20 March 2025
KALIKATIMES.COM

जगरनाथपुरका पुरानाे प्रमुख प्रशासकीय अधिकृतकाे बिदाई, नयाँकाे स्वागत

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायकाे बुधबार एक कार्यक्रमकाे बिच बिदाई गरिएकाे छ भने नयाँ प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवकाे स्वागत गरिएकाे छ ।

विगत दुई बर्ष ६ महिनादेखि जगरनाथपुर गाउँपालिकामा कार्यरत रहेकाे अधिकृत रायकाे सरुवा भएपछि बुधबार एक कार्यक्रमकाे बिच बिदाई गरिएकाे हाे । साेही कार्यक्रममा उनकाे ठाउँमा सरुवा भएर आएका अधिकृत यादवकाे स्वागत पनि गरिएकाे जगरनाथपुर गाउँपालिकाका मंजय रामले वताए । 

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले अधिकृत रायकाे बिदाई र अधिकृत यादवकाे स्वागत गरेकाे उनले जानकारी दिए । 

जगरनाथपुर गाउँपालिकाबाट अधिकृत रायकाे बाराकाे देवताल गाउँपालिकामा सरुवा भएकाे छ भने उनकाे ठाउँमा राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा कार्यरत रहेका अधिकृत यादवकाे सरुवा भएपछि उनी बुधबार जगरनाथपुर गाउँपालिकामा हाजिर भएका हुन् ।

साे अवसरमा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्षहरु लक्ष्मी साह तेली, सुभाष यादव, अयाेध्या पटेल, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, याेजना शाखा प्रमुख पिन्कु राम, लेखा शाखा प्रमुख सन्देश कुशवाहा, कृषी शाखा प्रमुख दयानन्द चाैहान लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:219. Generation time:7.845 sec. Memory consumption:82.69 mb