16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

ओमप्रकाश चाैधरी/
सेढवा । खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरी चोरी निकासी गरिरहेको अवस्थामा पर्सा प्रहरीले २ वटा ट्याकटर नियन्त्रणमा लिएकाे छ । पर्साको पर्सागढी नगरपालिका–२ स्थित सिंगयाही खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन गरी बागवानातर्फ लगिरहेको अवस्थामा प्रहरीले २ वटा ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

बिहीबार साँझा ५ बजेको समयमा सिंगयाही खोलाबाट बालुवा उत्खनन् गरेको ना.५ त. ३१२८ नम्बरको बालुवा लोड ट्याक्टर र ट्याक्टरका चालक पर्साको पर्सागढी न.पा.–३ औराही बस्ने अन्दाजी वर्ष २५ को सरोज साह र प्र.–२–०३–००१ त १६८९ नम्बरको बालुवा लोड ट्याक्टर र चालक जिल्ला पर्सा पर्सागढी नगरपालिका २ बागवाना बस्ने अन्दाजी बर्ष २४ को संदिप पटेललाई नियन्त्रणमा लिइएकाे प्रहरी निरिक्षक थापाले बताए ।

नियन्त्रणमा लिएको बालुवा सहितको २ वटा ट्याक्टर थप अनुसन्धानका लागि अस्थायी प्रहरी चौकी मनवामा राखिएकाे प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:213. Generation time:3.969 sec. Memory consumption:82.38 mb