सेढवा । प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिकामा अवैध रुपले लगाइएकाे गाँजा फडानी गरेकाे छ ।
पटेर्वासुगौली गाउँपालिकाकाे वडा नं २ बेलवा र वडा नं ४ भथौडामा अबैध रुपमा लगाएको सात कट्ठा गाँजा फडानी गरिएकाे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वको टोलीले अवैध रुपमा लगाइएकाे गाँजा खेती फडानी गरेकाे हाे ।
प्रतिक्रिया लेख्नुहोस