16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

जनमत पार्टी पर्साद्वारा निःशुल्क आँखा जाँच तथा शल्यकृया शिविर

वीरगंज । जनमत पार्टी पर्साले जिल्लामा लोककल्याणकारी अभियान अन्तर्गत आँखाका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच तथा शल्यकृया शिविरलाई निरन्तरता दिएको छ ।

यसैक्रममा शुक्रबार वीरगंज महानगरपालिका वडा नम्बर ९ रानिघाटमा पनि जनमत पार्टी पर्साको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १ सय पचास जनाको आँखाको चेकजाँच गरिएको छ ।

तीमध्ये २९ जनामा मोतिया बिन्दुको समस्या भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । उनिहरुको वीरगंज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिविरमा वीरगंज सामुदायिक आँखा केन्द्रकी मिखा श्रेष्ठ नेतृत्वको टोलीले शिविरमा आएकाहरुको आँखा जाँच गरेको थियो ।

स्थानीय नेताहरू संजय सरार्फ, लोकेश कर्णको समन्वयमा सम्पन्न शिविरमा जनमत पार्टीका नेताहरू रम्भा मिश्र, बृजकिशाेर कलवार, महादेव शर्मा, राजनरायण मिश्र, संजय सिंह, उदय यादव, सिकेन्द्र राम, साजन सिंह लगायतको सहभागीता रहेको थियो ।

पछिल्लो सम्पन्न शिविरहरुबाट पहिचान गरिएका ३६ जना मोतिया बिन्दुको बिरामीहरुको निशुल्क सल्यक्रिया सम्पन्न भएको र यो अभियान सहर देखि गाउँ सम्म जारी रहने जनमत पार्टी, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:217. Generation time:4.199 sec. Memory consumption:82.66 mb