16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

काठमाडाैं जिल्ला अदालतमा पनि धरौटी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हाे । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

याे आदेशपछि सभापति लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:213. Generation time:2.859 sec. Memory consumption:82.38 mb