परवानीपुर । ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा साेमबार सम्पन्न भएको छ । वीरगंजस्थित क्लासिक ब्यानकेट होटलमा भएकाे साधारण सभाकाे उद्घाटन राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष शम्भु प्रसाद गुप्ताले गरेका थिए ।
साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले संस्थाले विगत १६ वर्षमा जनताकाे मन जित्दै अगाडि बढेको वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष गुप्ताले नेपालमा सहकारी संस्थाको अवस्था नाजुक अवस्थामा रहे पनि यो सहकारी संस्थाले यस्तो अवस्थामा पनि नाफा सहित जनताकाे सेवा गरेकाे खुशि व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथी समाजसेवी शिवशंकर पटेलले संस्थामा आबद्ध कर्मचारीहरुको कडा मिहिनेत र सञ्चालकको सही व्यवस्थापनले संस्थाले राम्रै नतिजा दिन सकेको बताए । साथै उनले आजको मितिसम्म यो संस्थामा कुनै पनि किसिमको नकारात्मक विषयहरू बाहिर नआएको हुनाले ढुक भएर कारोबार गर्न आम जनतालाई आग्रह गरे ।
अर्का विशिष्ट अतिथी नेपाल बार एसोशिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता रामचन्द्र सिंहले सहकारीको अर्थ सहज रूपमा जनताले गरेको लगानीलाई सुरक्षित राखेर उनीहरूलाई सेवा प्रदान गर्नु पर्ने वताए । आज यो देशमा सहकारी संस्थाहरुले सहज रूपमा सेवा प्रदान नगरी जनताकाे लगानीलाई दुरूपयोग गरेको कारण यो अवस्था आएको बताए ।
सहकारीका संस्थाका अध्यक्ष कालिष्टर साह कानुको अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष हरेराम प्रसाद, संस्थाका कार्यकारी प्रमुख अरुण साह, रविभुषण श्रीवास्तव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा संस्थाका मनिषा घोले, बबिता कुमारी उदास, नरेश कुमार साह, संगीता खड्का, सुरेन्द्र पटेल, प्रमोद पटेल, अनिल कुमार साह, बैजनाथ साह लगायत संस्थाका कर्मचारी, लगानीकर्ता, शेयर धनी सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीमा राजेश कुमार पासवान, मन्तोष साहलाई खादा माला लगाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस