16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

रेडक्रस आधारभूत विद्यालयलाई बेन्च र डेस्क सहयोग

Oplus_16908288

वीरगंज । उपकार सेवा नेपाल नामक संस्थाले वीरगंजका एक विद्यालयलाई बेन्च र डेस्क सहयाेग गरेकाे छ । संस्थाले एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ लक्ष्मीपुरस्थित नेपाल रेडक्रस आधारभूत विद्यालयलाई १० सेट बेन्च र डेस्क सहयोग गरेको हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादवकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्यादेवी सरावगी एवम् उनको टोलीले विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद साहलाई उक्त बेन्च र डेस्क हस्तान्तण गरेका थिए ।

शिवशक्ति घ्यू उद्योग प्रालिको आर्थिक सहयोगमा बेन्च र डेस्क विद्यालयलाई सहयाेग गरिएको सामाजिक अभियानता प्रकाश थारुले जानकारी दिए ।

साे अवसरमा उपकार सेवा नेपालकी सदस्य देवी सरावगी, सुमन बगेडिया, अंकुर शर्मा, शिवशक्ति घ्यू उद्योगका प्रशासकीय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू, वडा सदस्य विरेन्द्र राय थारू, प्रधानाध्यापक लक्ष्मण प्रसाद साह लगायतकाको उपस्थिती रहेकाे थियाे ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विद्यालयलाई सहयाेग गर्ने उपकार सेवा नेपालकी अध्यक्ष सरावगीलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:213. Generation time:3.170 sec. Memory consumption:82.38 mb