वीरगंज । एलडब्लुई इभेन्ट्स एन्ड म्यानेजमेन्टले पर्साका विद्यालयस्तरका विद्यार्थीहरूलाई लक्षित गर्दै पर्सा यूथ फेस्ट २०२४ आयोजना गर्ने भएकाे छ । संस्थाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यही डिसेम्बर १९ देखि २१ सम्म वीरगंजमा यूथ फेस्ट आयोजना गर्न लागिएकाे जनाएकाे छ ।
कार्यक्रमले कक्ष ७ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी उनीहरूका प्रतिभा, सिर्जनशीलता, र व्यक्तिगत विकासलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक उत्थानमा योगदान गर्ने उद्देश्य लिएको लिभिङ विथ इन्भायोरन्मेन्टका राष्ट्रिय अध्यक्ष आकाश चाैहानले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमकाकाे मुख्य विशेषता प्रतिभा प्रदर्शन रहेकाे छ । जस अन्तर्गत विद्यार्थीहरुले कविता, गायन, नृत्य, वादविवाद, विज्ञान परियोजना, प्रश्नोत्तरी र चेसमा भाग लिन पाउने छन् ।
कार्यक्रमबाट संकलित नाफाको १०% हिस्सा युवा सशक्तीकरण र सामाजिक कार्यहरूमा लगानी गरिने आयाेजकले जनाएकाे छ ।• प्रत्येक विधाका विजेतालाई पदक र प्रमाणपत्र, सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र, समग्र अंकको आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई “स्कूल अफ द इयर” ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने विद्यालयलाई रनर-अप ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
हालसम्म २० विद्यालयको सहभागिता पुष्टि पर्सा जिल्लाका विभिन्न विद्यालयहरूबाट हालसम्म २० विद्यालयले आफ्नो सहभागिता सुनिश्चित गरिसकेका छन् । दर्ता गर्नका लागिअन्तिम मिति: डिसेम्बर १४, २०२४ रहेकाे आयाेजकले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।