14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

नेकपा एस पर्साकाे सचिवालय बैठक सम्पन्न, पुस २७ र २८ गते जिल्ला अधिवेशन गर्ने निर्णय

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे सचिवालय बैठक शनिबार सम्पन्न भएकाे छ । वीरगंजस्थित बसेकाे बैठकले पार्टीकाे जिल्ला अधिवेशन पुस २७ र २८ गते वीरगंजमा गर्ने निर्णय गरेकाे छ ।

बैठकले जिल्ला अधिवेशनकाे लागि प्रतिनिधि छनाैट गर्न मापदण्ड पनि तय गरेकाे छ । साथै यस अघि नै अधिवेशन तयारीकाे लागि गठित विभिन्न उप समितिले आफ्नाे काम गरि जिल्ला अध्यक्षलाई प्रतिवेदन पेश गर्न निर्णय गरेकाे छ ।

वीरगंजस्थित क्लासिक ब्यांकेटमा हुने अधिवेशनकाे लागि पुस १० गते सम्म प्रतिनिधि छनाैट गरि सक्नु पर्ने बैठकले निर्णय गरेकाे छ ।

पार्टीका जिल्ला अध्यक्षता बालगाेपाल थापाकाे अध्यक्षतामा भएकाे बैठकमा केन्द्रिय सदस्य रामचन्द्र साह, मनाेज चाैधरी, लेखा आयाेगका सदस्य किशाेरी कुशवाहा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:219. Generation time:3.379 sec. Memory consumption:81.71 mb