14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

पाेखरिया नगरपालिकामा दुई दिन सार्वजनिक विदा

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाले पनि गढीमाई मेलाकाे अवसरमा दुई दिन सार्वजनिक विदा दिएकाे छ ।

नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले विहिबार एक सूचना जारी गर्दै विश्व र एसिया महादेशको ठूलो मेला बारा जिल्लाको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा प्रत्येक ५ बर्षमा १ पटक १ महिनासम्म लाग्ने प्रसिद्ध गढीमाई मेला २०८१ को अवसरमा यही मंसिर २४ र २५ गते सार्वजनिक विदा दिइएकाे जानकारी गराएका हुन् ।

पोखरिया नगरपालिकाको मिति २०८१/०८/२० गतेको निर्णयानुसार प्रसिद्ध गढीमाई मेला २०८१ को अवसरमा अत्ति आवश्यक सेवा वाहेक यस नगरपालिका मातहत रहेका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएकाे उल्लेख छ ।

यसैगरी मधेश प्रदेश सरकारले पनि गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबारका दिन सार्वजनिक बिदा दिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:220. Generation time:3.152 sec. Memory consumption:81.71 mb