12.1 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

इनर्वामा ५ दर्जन भन्दा बढीले गरे जनमत पार्टी प्रवेश

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर -१६ इनर्वामा जनमत पार्टीकाे भेटघाट, दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा स्थानीय अगुवाहरु संजय महतो, लक्षमण यादव, जितेन्द्र राम, किशोरी दास, जगरु मलि, सोनि दास, शैल देवी दास लगायत ६७ जना स्थानीय महिला /पुरुषहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा आबद्ध भएका हुन् ।

 कार्यक्रमलाई सम्बाेधन गर्दै जनमत पार्टी पर्साका अध्यक्ष एवं केन्द्रिय सदस्य ओमप्रकाश सरार्फले अबको विकल्प जनमत पार्टी मात्रै भएको वताए । उनले सबैखाले विभेद अन्त्य र देश, मधेसको समृद्धिको लागी जनमत पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरे ।

दलित जनमत संघका जिल्ला अध्यक्ष नरेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, अनिता रौनियार, श्याम गुप्ता, श्याम चौरसिया, नेताहरु रम्भा मिश्रा, शिवजी यादव, वीरगंज महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, सचिव सहनवाज राकी, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिंह, युवा नेताहरू लगायतको उपस्थिती रहेको थियो ।

नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष सरार्फ लगायतका नेताहरुले अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:227. Generation time:3.827 sec. Memory consumption:81.72 mb