25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

नेशनल मेडिकल कलेजलाई सम्मान

वीरगन्ज । वीरगन्जमा रहेकोे नेशनल मेडिकल कलेजलाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान गरिएको छ ।

मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

आठ जिल्ला रहेकोे मधेश प्रदेशमा ठूलो संख्यामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य सेवामा उत्कृष्ट अस्पताल नेशनल मेडिकल कलेज वीरगन्ज भएकोले सम्मानपत्र प्रदान गरिएको नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा कोषले नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको घोषणा गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ,श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी सहितका अतिथिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:13.361 sec. Memory consumption:82.41 mb