16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

एसईई नतिजाको पुनर्याेग गर्दा गौतम माविकी छात्राले गरिन् जिल्ला टप

-मुस्कान श्रेष्ठ /
वीरगंंज । शैक्षिक सत्र २०८० को एसईई परिक्षामा वीरगञ्जको गौतम माध्यामिक विधालयमा अध्यन्नरत रिया साहले ३.९७ जीपीए ल्याएर पर्सा जिल्ला टप गरेकी छन् ।

एसईई परिक्षाको नतिजा चित्त बुझ्दो नआएपछि पुनर्योग गर्दा उनले पर्सा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।

सो अवसरमा विधालयले एक कार्यक्रमको आयोजना गरी छात्रा रियालाई २५ हजार नगद पुरस्कार र सम्मान पत्रसहित सम्मान गरेको छ ।

कार्यक्रममा विधार्थी रियाले आफ्नो आमाबुबा तथा विधालयको साथका कारण उक्त नतिजा ल्याउन सफल भएको बताईन् । उनले आफ्नो आत्मबल बढाउन विधालयका शिक्षक तथा शिक्षीकाले खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गरिन् । 

यस्तै,  विधालयकी सह–प्रधानाध्यापिका पिया लामाले विधार्थीको उत्कृष्ट नतिजाले आफूहरु गौरभान्वित महसुस भइरहेको बताईन् । छात्राले गरेको मेहेनतप्रति परिवारजनले गरेको विश्वासको कारण सफलता हासिल भएको भन्दै प्रशंसा समेत गरिन् ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले विधार्थीको आफूप्रतिको अटल विश्वास र परिवारजनको साथले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभएको छ । उहाँले आएको नतिजालाई अन्तिम रुपमा स्वीकार नगरी आफूले गरेको मेहेनत प्रति विश्वास छ पुनः चेकेजाँच गराउनु पर्ने बताए ।

गत असारमा राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा रियाले अन्य विषयहरुमा ए प्लस ल्याएपनि कम्पूटर साईन्सको विषयमा भने बी प्लस ल्याएकी थिईन । त्यतीबेला उनको एसईईको नतिजा ३.९५ जीपीए रहेको थियो । अहिले पुनर्योग गर्दा उनले ३.९७ ल्याएकी हुन् ।

यो घटनाले राष्ट्रिय परिक्षा बोर्ड अन्तरगत परिक्षा नियन्त्रण कार्यालयको लापरवाहीलाई दर्शाएको छ । यस्ता प्रकृतिका गम्भीर त्रुटीकै कारण विधार्थीहरुको मनोबल खस्नुका साथै परिक्षाको नतिजा नै संका उत्पन्न भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:217. Generation time:4.254 sec. Memory consumption:82.67 mb