14 May 2025
KALIKATIMES.COM

आज सार्वजनिक विदा

वीरगंज ।  पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ। साथै सरकारले सोमबार (आज) सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनको को अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र सोमबार सार्वजनिक बिदा दिने निर्णय हो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

ढुंगाना लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित थिए। आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा उनको निधन भएको थियो। उनको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरनमा राख्ने परिवारले जनाएको छ। 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:219. Generation time:8.784 sec. Memory consumption:82.7 mb