20 March 2025
KALIKATIMES.COM

पर्साका १२५ वर्षीय रघु सहनी: स्वस्थ जीवनशैली र दीर्घायुको प्रेरणादायक

कार्तिक ३० , बिरगंज

पर्साको पकहामैनपुर गाउपालिका वडानम्बर १ धोरेका एक जना १ सय २५ बर्ष बाच्न सफल भएका छन । ज्येष्ठ नागरिक रघु सहनीलाई आज सम्म कुनै रोग छैन, त्यति उमेर भए पनि आखामा चश्मा छैन, सहजै मान्छे चिन्न, कुराकानी बुझन सजिल्लो छ वहालाई, हिडडुल गर्न सक्ने पनि गर्नु हुन्छ । स्थानिय रघु सहनीका अनुसार सुर्ती, पान, गुटका, रक्सी , सराब जस्ता कुनै मादक पदार्थ सेवन नगर्नाले आज सम्म जिवित रहेको बताउनु भएको छ । ७ जना दाजुभाई मध्ये जेठो सन्तान म नै भएकोले ६ जना भाईहरु स्वर्गवास भएका छन , भन्नु भयो । सहनीको २ जना सन्तान छन , एक जना ७५ बर्षीय अच्छेलाल सहनी र ६७ बर्षीय जनक सहनी जेठो छोरा पनि बृद्धभाता खान्छन भने कान्छोको पनि अब पाउने पालो आएको बताए । ७ वा ८ बर्षको हुदा ठुलो भुकम्प नेपालमा आउदा अलिअलि सम्झना छ, नेपालमा ठुलो क्षती भएको थियो । पहिला रुखबिरुवाको बोक्ला भन्ने छाला हामी खाने गरेको सम्झना छ । हरियो जुनसुकै घासपदार्थहरु पनि खाने गरिएको सम्झना छ । डेढ रुपैयामा १ किलो मासु, १ रुपैयामा १ किलो माछा, १ रुपैयामा १ मन धान, किनमेल भएको वहालाई सम्झना छ । भारतमा १ मन चामल बिक्री गर्दा ४ रुपैया पाउथ्यो । नागरिक्ताको हिसावले वहाको उमेर ९७ भए पनि १ सय २५ बर्ष भएको वहाको दावी छ । गाउको वरपर रहेका तथा आफना आफन्तहरुमा पनि मेरो उमेरको कोई पनि जिवीत नरहेको बताए । म भन्दा कान्छो मान्छेहरु मरेकोले म सबै भन्दा उमेर बढी भएको वहाको दावी छ । म अहिले पनि धेरै दिन बाच्छु भने सहनीले बताए । गाउघरमा हुने बिहेवारी, भोजभतेर तथा हरेक सामुहिक काममा वहाको सहभागीता रहने गरेको पकहामैनपुर गाउपालिकाका अध्यक्ष सुरेश मेहताले बताउनु भएको छ । सहनी फुसको र खपडाको घर बनाउने काममा सिपालु रहेको र सबै मिस्त्रीहरु मध्ये उत्कृष्ट रहेको धोरेका स्थानिय अनिल चौहानले बताए । अहिले पनि सानोतिनो काम गर्न सक्ने सहनीमा क्षमता रहेको जनाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:217. Generation time:3.638 sec. Memory consumption:82.44 mb