16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

गाैतम स्कुलका शिक्षककाे कुटपिटबाट घाइते बालककाे कानकाे जाली फुटेकाे पुष्टी

वीरगंज । शिक्षककाे कुटपिटबाट घाइते गौतम स्कुलका विद्यार्थीकाे कानकाे जाली फुटेकाे चिकित्सकले वताएका छन् । शिक्षककाे कुटपिटबाट घाइते गौतम स्कूलको कक्षा ६ मा अध्ययनरत १२ वर्षिय बालक आर्जन राउत कुर्मीकाे उपचार गराउँदा चिकित्सकले कानकाे जाली फुटेकाे वताएका हुन् ।

गत बुधबार कक्षाकोठामै शिक्षिका निधी गुप्ताले कपीको पाना च्यातिएको निहुमा पिट्दा आर्जनको देब्रे कानको जाली फुटेको उनकाे बुवा रामबाबु राउत कुर्मीले वताए । शिक्षिका गुप्ताले गालामा जोडले तीन थप्पड हिर्काउदाँ देब्रे कानको जाली फुटेर रगत समेत बगेको कुर्मीले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा नयाँ टोलका बासिन्दा रामबाबुका अनुसार, बुधबार शिक्षिकको कुटाइबाट घाइते भएका आर्जनले घरमा आएर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनलाई त्यहि दिन आर्जनलाई आँफुले नेशनल मेडिकल कलेजमा लगेर उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएको बुबा रामबाबुले जानकारी दिए । त्यसपछि शुक्रबारफेरि थप उपचारका लागि वीरगंज कै डाक्टर बिके झाको क्लीनकमा लग्दा डाक्टर झालेपनि आर्जनको कानको जाली फुटेको बताएको रामबाबुले बताए ।

उनले भने,‘घटना भएको दिन बुधबार मेडिकल कलेजमा लगेर उपचार गराए । त्यहाँको डाक्टरले कानको जाली फुटेको भनेर भने । स्कुललाई त्यसमा विश्वास नभएपछि शुक्रबार फेरि डाक्टर बिके झाको क्लीनिकमा स्कुलकै शिक्षक र कर्मचारीहरुले लगेर देखाए । डाक्टर झालेपनि परिक्षण गर्दा कानको जाली फुटेको भने।’ मेडिकल कलेजमा लागेको उपचार खर्च १ हजार ४ सय ३४ रुपैयाँ स्कुल व्यवस्थापनले नै तिरेको उनले बताए ।

तर डाक्टरले जाली फुटेको कान निको हुन कम्तिमापनि तीन चार महिना लाग्ने भनेकाले अब यसपछि लाग्ने उपचार खर्च स्कुलले व्यहोर्न आलटाल गरेको बुबा रामबाबु कुर्मीले बतााए ।

छोरा आर्जनलाई पिट्ने शिक्षिकालाई कारबाही हुनु पर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गर्दै बुबा रामबाबुले अभिभावक संघ पर्सामा निवेदन हालेकोपनि उनले जानकारी दिए । अब आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामापनि उजुरी दिने उनले बताए ।

स्कुल व्यवस्थापनले यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएकोपनि उनले बताए । उनले भने,‘ घटना भएकै दिन स्कुलबाट मलाई कुनै जानकारी दिइएन । त्यसदिन छोराको कानबाट रगत बगेपछि स्कुलमै त्यहाका कर्मचारीले कानमा ड्रप हालेर घटना सामसुम पार्न खोजिएको रहेछ । तर घर आएपछि छोराले सबै कुरा बताएपछि मात्रै मैले थाहा पाए । त्यसपछि म आँफैले स्कुलमा शिक्षिका गुप्तालाई फोन गरेर जानकारी लिए ।’

उनले थपे,‘मेरो माग भनेको पहिलो छोरालाई यसरी कुट्ने शिक्षिकालाई कानुन अनुसार कारबाही होस् । दोस्रो छोराको कान पूर्ण रुपमा निको नभएसम्म त्यसमा लाग्ने सबै उपचार खर्च स्कुलले व्यहोर्ने गरि अभिभावक संघको रोहबरमा लिखित कागज गरिदिओस् ।’

यता अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले स्कुललाई शिक्षा ऐन र नेपालको कानुन अनुसार कारबाहीको लागि संघलेपनि आइतबार वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:217. Generation time:3.629 sec. Memory consumption:82.72 mb