वीरगंज । परवानीपुरमा रहेको शक्ति युवा क्लबले नियमति रुपमा अभ्यास गरीरहेका क्लबका खेलाडीहरु बिच चार समुहमा विभाजित गरेर आन्तरिक प्रतिस्पर्धा गराएको छ ।
शुक्रबार भएको आन्तरिक प्रतिस्पर्धाको पहिलो खेलमा परवानीपुर लायन्स संग परवानीपुर टाईगर र दोस्रो खेलमा परवानीपुर राईडर्स र परवानीपुर फाईटर्स भिडेको थियो । परवानीपुर खेल मैदानमा भएको आन्तरिक प्रतिस्पर्धाको पहिलो खेलमा परवानीपुर राईडर्सले परवानीपुर टाईगरलाई १–० गोल अन्तरले हराएको हो ।
खेलको मध्यम समयममा परवानीपुर राईडर्सका खेलाडी रिऋी मण्डलले गरेको गोल नै निर्णायक बनेको परवानीपुर राईडर्सका कप्तान संजय मण्डलले जानकारी दिए ।
यस्तै दोस्रो खेलमा परवानीपुर टाईगरलाई परवानीपुर लायन्सले ट्राईबेकरमा ४–३ गोल अन्तरले हराएको छ । खेलको निर्धारित समयमा दुबै टोली दुई–दुई गोलले बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । क्लबमा आवद्ध भएर नियमित रुपमा खेल अभ्यास गरीरहेका ४० जना खेलाडीहरुलाई चारवटा समुहमा विभाजित गरीएको छ ।
परवानीपुर लायन्स, परवानीपुर टाईगर, परवानीपुर राईडर्स र परवानीपुर फाईटर्स सहित चार समुहमा १०–१० जना खेलाडीहरु राखिएको छ । एक समुहमा रहेका ९–९ जना खेलाडीहरु एक पटकमा खेलिरहेका छन ।
शक्ति युवा क्लबका अध्यक्ष राजमहम्द मियाँका अनुसार शुक्रबार भएको खेलको विजेताहरुको बिचमा शनिबार बिहान फाईनल खेल भएकाे छ । क्लबले नियमति रुपमा अभ्यास गर्दै आएका खेलाडीहरुलाई चार टिम मध्ये विजेता समुह र खेलमा सहभागी भएका सबै समुहका खेलाडीहरुलाई शनिबार वनभोजमा सहभागि गराइने छ ।
क्लबका आवद्ध रहेका खेलाडीहरुलाई खेलमा अनुशासन, विभिन्न प्रतियोगीतामा खेल्न अनुभवि बनाउन उद्येश्यका साथ विभाजित गरेर आन्तरिक प्रतियोगीता गराईएको मियाँले बताए ।
प्रतिक्रिया लेख्नुहोस