14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

“एक विद्यालयले स्वयम् संसारलाई नै बदलिदिने क्षमता राख्दछ” : रहबर अन्सारी

वीरगंज । सौराहा स्थित ने.रा.आधारभुत विद्यालयमा प्रदेश सभा सदस्य रहबर अन्सारीले हालै भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षिकाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको धैर्यता र समर्पणको प्रशंसा गरे।

अन्सारीले विद्यालयका शिक्षाकर्मीहरूले असहज परिस्थितिमा पनि गरीब र सीमान्तकृत समुदायका बालबालिकाहरू प्रति समर्पित भएर निरन्तर काम गरिरहेको देखे । उनले भने, “संसारको कुनै कुनामा स्थित एक सानो विद्यालयले स्वयम् संसारलाई नै बदलिदिने क्षमता राख्दछ।”

शिक्षा क्षेत्रमा सुधारको लागि अन्सारीले विद्यालयलाई आवश्यक सहयोग गर्ने वाचा गरे । आगामी दुई वर्षभित्र विद्यालयको अनुहार परिवर्तन गर्दै क्षमताहरुलाई वास्तविकतामा परिणत गर्नमा आफ्नो सक्रिय पहल तथा भूमिका रहने बताए ।

विद्यालयका शिक्षाकर्मीहरूले अन्सारीको वाचा र सहयोगको लागि आभार व्यक्त गरे र यसले विद्यालयको शैक्षिक स्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:215. Generation time:3.068 sec. Memory consumption:81.42 mb