33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

बारागढीकाे प्रमुख प्रशासकिय अधिकृतमा चाैधरी

कलैया । बाराकाे बारागढी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा सरोज कुमार चौधरी साेमबार हाजिर भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाराकाे प्रमुख निर्वाचन अधिकारीमा कार्यरत चाैधरीकाे बारागढीमा सरुवा भएपछि उनी हाजिर भएका हुन् ।

हाजिर हुन पुगेका अधिकृत चौधरीलाई गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल सहितका जनप्रतिनिधि तथा कर्मचारीहरु स्वागत गरेका थिए ।

साे अवसरमा वाेल्दै अधिकृत चाैधरीले आफूले नियम र कानुनले दिएको अधिकार अनुसार जनप्रतिनिधिकाे समन्वयमा काम गर्ने वताए । उनले मधेश प्रदेश कै नमुना पालिका बनाउने उद्दश्ये अनुसार काम गर्ने वताए ।

क्रमचारी सरुवा र बढुवा सधैं चलिरहने प्रक्रिया भएकाे वताउँदै यो भन्दा पहिला गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत सुनिल केशरीले गरेकाे काम र याेग्यदान सधैं सम्झिरहने गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाले वताए । 

कार्यक्रमकाे सहजिकरण गाउँपालिका लेखा प्रमुख अजय चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:5.050 sec. Memory consumption:82.74 mb