14.6 C
Birgunj
17 January 2025
KALIKATIMES.COM

श्री शारदा माविमा स्व. युगल किशोरकाे शालिक अनावरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ मा रहेकाे श्री शारदा मावि बहुअरी सुगौलीमा स्थापना गरिएकाे विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. युगल किशोर द्विवेदीकाे शालिक अनावरण गरिएकाे छ ।

बुवाले गरेका विद्यालयप्रति योगदानलाई कदर गर्दै छोरी ज्वाई गरिमा पोखरेल र यज्ञ विनोद पोखरेलकाे संयुक्त प्रयासबाट शालिक स्थापना गरिएकाे हाे । विद्यालय परिसरमा स्थापना गरिएकाे शालिककाे अनावरण एक कार्यक्रमका बिच स्व.युगल किशोर द्विवेदीकाे धर्मपत्नी प्रभा रानी द्विवेदीले गरेकी थिइन ।

विद्यालयका प्रधानाध्यापक विनोद मेहताकाे अध्यक्षतामा शालिक अनावरण कार्यक्रमका संविधान सभा सदस्य तथा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार द्विवेदी, मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञ विनोद पोखरेल, मधेश प्रदेशका ट्राफिक प्रमुख भीम बोगटी, पर्सा प्रहरी प्रमुख कुमाेद ढुंगेल, बारा प्रहरी प्रमुख, रामगढवाका पूर्व गा.वि.स अध्यक्ष जंगाली राउत कुर्मी, रामाशंकर द्विवेदी, वीरगंज २४ का वर्तमान वडाध्यक्ष विजय पटेल, वीरगंज २६ का वडाध्यक्ष शम्भु मिश्रा, वडा १७ का वडाध्यक्ष सञ्जु छत्कुली, वडा २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मी, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी द्विवेदी लगायतकाे उपस्थिती रहेकाे थियाे । 

कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी सन्नी दुवेले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:217. Generation time:3.102 sec. Memory consumption:81.45 mb