33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

पाेखरियाकाे विकासकाे लागि सहयाेग गर्ने मन्त्री गुप्ताकाे प्रतिवद्धता

पाेखरिया । पर्साकाे पाेखरिया नगरपालिकाले बुधबार संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई स्वागत तथा सम्मान गरेकाे छ ।

मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला आएका गुप्तालाई नगरपालिकाले एक कार्यक्रमकाे बिच स्वागत तथा सम्मान गरेकाे हाे । पाेखरिया नगरपालिकाले आयाेजना गरेकाे कार्यक्रममा नगर प्रमुख प्रदुम चाैहान, उप प्रमुख रुबी ठाकुर लगायतका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले मन्त्री गुप्तालाई स्वागत तथा सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुप्ताले पाेखरियालाई जिल्लाकाे दाेस्राे सहरकाे रुपमा बनाइने वताए । उनले पाेखरियाकाे समग्र विकास हुनु पर्ने वताउँदै मेराे निर्वाचन क्षेत्र भित्र पर्ने पाेखरियाकाे विकासकाे लागि पहल गर्ने वताए ।

मन्त्री गुप्ताले पाेखरियाकाे समग्र विकासकाे लागि आफ्नाे तर्फबाट हुने सम्पूर्ण प्रयासहरु गर्ने प्रतिवद्धता जनाए । उनले आफ्नाे मन्त्रालय सहित अरु मन्त्रालयबाट हुने सहयाेग र सहकार्यकाे लागि आफुले पहल गर्ने वताए ।

पाेखरिया नगरपालिकाका मेयर चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, पाेखरिया नगरपालिकाका अध्यक्ष बिन्धाचल ठाकुर, शिक्षक संगठनका विनाेद गिरी, जगरनाथनपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामअयाेध्या पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:223. Generation time:7.090 sec. Memory consumption:82.87 mb