20 March 2025
KALIKATIMES.COM

मन्त्री गुप्तालाई गृह जिल्लामा सम्मान

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन दुई महिना भित्र पारित हुने बताएका छन् । 

मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला आएका गुप्तालाई सम्मान गर्न नेकपा एमाले जिल्ला कमिटी पर्साले आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिना भित्र पारित गरिने बताए । 

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियंत्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने बताए ।

मन्त्री गुप्ताले आफ्नाे निर्वाचन क्षेत्र सहित पर्सा जिल्लावासी, परिवारका सदस्यहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार प्रकट गरेका थिए । मन्त्रीकाे जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न म सम्पूर्ण शक्ति र क्षमता लगाउने वताउँदै उनले जनताको सेवामा निरन्तर समर्पित रही इमानदारी, पारदर्शिता र निष्ठाका साथ काम गर्न प्रतिबद्धता समेत जनाए ।

नेकपा एमाले पर्साका अध्यक्ष विशम्बर शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मधेश सरकारका शिक्षा तथा समाज कल्याण मंत्री प्रमोद जैसवाल, एमालेका केन्द्रिय सदस्य अरविन्द गुप्ता, प्रदेश सभा सदस्य बिना शर्मा, संविधान सभा सदस्य जयप्रकाश थारु, बिचारी यादव, पाेखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चाैहान, केन्द्रिय सल्लाहकार समिति सदस्य एवम् मन्त्री गुप्ताका स्वकिय उप सचिव शिव पटेल, जिल्ला कमिटीका उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, नेता जालिम मियाँ लगायतको उपस्थिति रहेको थियो ।

एमाले पर्साकाे पार्टी कार्यालय वीरगंजमा भएकाे कार्यक्रमकाे सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:5.699 sec. Memory consumption:82.45 mb