33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियाे

रौतहट । रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव १८ घन्टाको खोजीपछि भेटिएको छ । जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका १० वर्षीय बालकको शव मंगलबार विहान भेटिएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घन्टा पश्चात घटनास्थल बाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो ।

गढीमाई ३ लक्षमिपुरका हकुदिन कवाडीको १० वर्षीय छोरा सफर कवाडी अन्य दुईजना साथी सहित सोमवार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए ।

घटनाको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुईजना बालकको उद्धार गरेपनि १० वर्षीय सफर कवाडी भने डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वाबाट विपद तथा उद्धार सामग्री सहित गएका ३० जनाको टोली, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले लगातारको खानतलास पछि मंगलबार बिहान साढे ७ बजे घटनास्थल लक्ष्मीपुरदेखि साढे तीन किलोमिटर टाढा गढीमाई ७ धरमपुर गाउँ छेउ बागमती नदीको किनारमा बेपत्ता बालक सफर कवाडीको शव बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:4.217 sec. Memory consumption:82.74 mb