33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

स्वास्थ्य मन्त्री प्रदिप यादवद्वारा थप दुई स्वास्थ्य संस्थाकाे अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँका दुई प्रमुख स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका छन् । उनले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भ्रमण गरी त्यहाँका गतिविधि र समस्याहरूको बारेमा जानकारी लिएका हुन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निरीक्षणका क्रममा मन्त्री यादवले केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठसँग केन्द्रको हालसम्मको कार्य प्रगति, चुनौती र कठिनाइहरूको बारेमा विस्तृत जानकारी लिएका थिए ।

डा. श्रेष्ठले छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको कारण बजेट अभाव र आवश्यक जनशक्ति दरबन्दी यकिन नहुनु रहेको बताए । औषधि तथा कार्टेजको पर्याप्त भण्डारणका लागि बजेट अभाव रहेको र प्रत्येक प्रदेशमा डिआर रेफरल सेन्टर स्थापना तथा सञ्चालनका लागि पनि बजेट अपर्याप्त रहेको उनकाे भनाई थियो ।

मन्त्री यादवले छातीरोग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए। उनले भने, “बाकी रहेका कामहरू सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।”

त्यसै गरी, मन्त्री यादवले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको पनि अनुगमन गरेका छन् । उनले त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूसँग छलफल गरी केन्द्रका गतिविधि र समस्या बुझेका हुन् ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रको वार्षिक कार्य प्रगति र भवनको साँघुरोपनले सेवा प्रवाहमा आइरहेका समस्याहरूको बारेमा मन्त्रीलाई जानकारी गराए ।

मन्त्री यादवले केन्द्रले गरिरहेको कार्यको प्रशंसा गर्दै, समस्याहरू समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए । उनले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकताहरू पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.333 sec. Memory consumption:82.48 mb